पोखरा २९ असोज/ निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाईका साथ पालना गर्न गराउन निर्देशन दिएका छन् । शनिबार पोखरामा भएको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । ‘निर्वाचन आचारसंहिताको उल्लंघन गरेको देखिएमा आयोगमा लिखित वा मौखिक जानकारी दिनुहोला’ प्रमुख आयूक्त थपलियाले भने । आयोगले यसपटकदेखि अनुगमन अधिकृतको जिम्मेवारी हरेक जिल्लाका प्रमुख कोष नियन्त्रकलाई दिएको प्रष्ट पार्दै अनुगमन अधिकृतलाई आचारसंहिताको उल्लंघन गर्ने उम्मेदवारलाई २४ घण्टा भित्र स्पष्टीकरण सोध्न निर्देशन…
पुरा पढौ