#डेंगु

महानगरका वडा अध्यक्ष रिजालको डेंगुबाट निधन

पोखरामा डेंगुको संक्रमण बढ्यो
काठमाडौं, २१ भदौ/ काठमाडौं महानगर वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन् । रिजाल गत स्थानीय तह निर्वाचनमा ४ हजार ५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । अध्यक्षमा निर्वाचित भएसँगै उनले फोहोर व्यवस्थापनको विषयमा दिएको अभिव्यक्तिले चर्चामा आएका थिए । फोहोर व्यवस्थापन… पुरा पढौ

पोखरामा डेंगुको संक्रमण बढ्यो

पोखरामा डेंगुको संक्रमण बढ्यो
पोखरा, २ साउन/ पोखरामा डेंगुको संक्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्तायता संक्रमण बढेको बताए । उनका अनुसार पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानुदिन बढिरहेको बताए । गण्डकी प्रदेशमा २ सय ६९ जनामा संक्रमण देखिएको छ । बढी संक्रमित भएका नेपालका १० जिल्लामध्ये कास्की पनि परेको छ । कास्कीमा १ सय ४९ जना छन् । नेपालमा पहिलो पटक सन् २००४ बाट डेंगु देखिन थालेको हो… पुरा पढौ

डेंगुले लमजुङकी पत्रकार चाँदनी अधिकारीको निधन

चाँदनी अधिकारी
पोखरा, १६ कात्तिक/ लमजुङकी पत्रकार चाँदनी अधिकारीको डेंगुका कारण बुधबार निधन भएको छ । २२ वर्षीय अधिकारी रेडियो भोटेओडारमा समाचारवाचिकाका रुपमा कार्यरत थिइन् । लम्जुङमा सक्रिय पत्रकारीता गर्दै आएकी अधिकारी प्रेस सेन्टर लमजुङकी सचिव, सञ्चारिका समूह लमजुङका सहसचिव रहेकी अधिकारीको डेंगुका कारण निधन भएको परिवारले जनाएको छ । अधिकारीलाई थप उपचारका लागि चितवन लैजाने क्रममा बाटोमा निधन हो । उनका श्रीमान् बिदेशमा रहेको र उनी आएपछि भोटओडारमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उनको निधन प्रति विभिन्न संघ संस्थाले… पुरा पढौ