#खजुरे ब्रो

खजुरे ब्रोः कमेडी जनरामा एक सामाजिक कथा

खजुरे ब्रोः कमेडी जनरामा एक सामाजिक कथा
पोखरा, २१ बैशाख/ बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ । बिहीबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कलाकार महेश त्रिपाठीले ‘खजुरे ब्रो’ सामाजिक कथामा आधारित सिनेमा भएको जानकारी गराए । उनका अनुसार सिनेमामा सामाजिक विषयवस्तुलाई रमाइलो तवरले प्रस्तुत गरिएको छ । सिनेमाको आफ्नो भूमिकालाई लिएर उनी आशावादी छन् । आइरहेका नेपाली सिनेमाभन्दा केही फरक भएकाले पनि सिनेमा दर्शकलाई मन पर्ने विश्वास त्रिपाठीलाई छ ।… पुरा पढौ

चलचित्र ‘खजुरे ब्रो’ घोषणा, महेश, निति र रेयरको प्रमुख अभिनय रहने

चलचित्र ‘खजुरे ब्रो’ घोषणा, महेश, निति र रेयरको प्रमुख अभिनय रहने
पोखरा, २ माघ/ केही दिनदेखि चर्चामा रहेको नेपाली चलचित्र ‘खजुरे ब्रो’को औपचारिक घोषणा गरिएको छ । सुरज सुनुवारले लेखन तथा निर्देशन गर्ने यस चलचित्रमा महेश त्रिपाठी, नीति शाह, रेयर राई, नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ। काठमाडौँमा आयोजित घोषणा कार्यक्रममा निर्देशक सुनुवारले कमेडी जनरामा यो चलचित्र बन्ने बताए । यो चलचित्र छायाङ्कन केही दिन अगाडीदेखि सुरु भइसकेको छ । नवीन मानन्धर र सुरज सुनुवारले यो चलचित्र निर्माण गर्दैछन् । कार्यकारी… पुरा पढौ