#कोटिहोम

कोटिहोम पुगेर मन्त्री भट्टराइले भनिन्ः धार्मिक पर्यटकीय गन्तब्य बनाउन पहल गर्छु

कोटिहोम पुगेर मन्त्री भट्टराइले भनिन्ः धार्मिक पर्यटकीय गन्तब्य बनाउन पहल गर्छु
पोखरा २० मंसिर / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको संझावनालई उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी कोटिहोममा बिहिबार प्रमुख अथितिको रुपमा सहभागि मन्त्री भट्टराइले पट्नेरीको विकासमा जनतासंसगै रहेको बताइन् र्। यहाँहरुले दुइदुइ पटक निर्वाचित गराइसक्नुभएको छ, म यहाहरुसगैँ छु, यहाँहरु सबैको मायार सद्भावले अगाडी बढिरहेको छुु’ उनले भनिन् । सेती नदी माथी रहेको गुफामा जानका लागि आवश्यक संरचना बनाउन तपाईहरुले माग गर्नुभएको छ यसका लागि मेरो सहयोग रहन्छ’… पुरा पढौ

शुक्लागण्डकी कोटिहोम शुरु, असल कर्म गर्नु नै धर्मः प्रदेश प्रमुख भट्ट

शुक्लागण्डकी कोटिहोम शुरु, असल कर्म गर्नु नै धर्मः प्रदेश प्रमुख भट्ट
पोखरा, १७ मंसिर/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले असल कर्म गर्नु नै धर्म रहेकोमा जोड दिनुभएको छ । जुनसुकै धर्मको सार नै असल कर्म भएकाले मानव हुनुका नाताले सर्वधर्म समभावको भावनाले अघि बढ्नुपर्ने बताउनुभयो । पोखरा वडा नम्बर १५ स्थित ऐतिहासिक स्थल ढुंगेसाँघुको पट्नेरीमा अवस्थित अन्नपूर्णेश्वर शिवालय मन्दिर परिसरमा ऐतिहासिक शुक्लागण्डकी कोटिहोम २०८१ समुद्घाटन समारोहमा उहाँले यस्तो बताउनुभएको हो । ‘स्वच्छ एवं नैतिक समाजको निर्माण गर्न अनुशासन आवश्यक छ । अनुशासन धर्मले सिकाउँछ । धर्म, अध्यात्म र साधना भनेको हाम्रो… पुरा पढौ