लेखनाथमा पोखरा महानगरको अनुगमन, म्याद नाघेका र अखाद्य बस्तु नष्ट
पोखरा, १८ असोज/ नेपालीहरुका ठूला चाडपर्वहरु नजिकिदै गएका छन् । चाडपर्वसंगै किनमेल गर्नेहरुको भिडभाड बजारमा विस्तारै बढने क्रम सुरु भएको छ । खाद्यान्नदेखि लत्ताकपडा, नुनदेखि सुनपसलहरुमा उपभोक्ताको भिड बढने क्रमसंगै महंगि बढने र म्याद गुज्रेका सामानहरु विक्री गर्ने मौकाका रुपमा व्यवसायीले छोप्ने भएकाले पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । चाडपर्वको बेलामा व्यवसायीले कृत्रिम अभावदेखि मुल्यबृद्धि गर्ने गरेको गुनासो आउने गरेकाले उपभोक्ता अधिकार, मंहगी नियन्त्रण र गुणस्तर कायम गर्न महानगरले अनुगमन गरेको हो । चाडपर्वमा उपभोक्ता नठगिउन भन्ने उद्देश्यले…
पुरा पढौ