
पोखरामा असिना पानी, किसान मर्कामा
पोखरा, ३० फागुन/ पोखरामा असिना पानी परेको छ । लहरे बाली लागेका किसारलाई असिना पानीले प्रभावीत बताएको छ । पोखरामा आज सबै क्षेत्रमा वर्षा भएको छ भने कतै असिना पानी समेत परेको छ ।
असिनाले लहरे बालीका विरुवामा क्षती पुगेको छ । पोखरा १३, १४ र अन्य क्षेत्रमा ठुलो असिना परेको पोखरा महानगरापालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए ।
उनले कुनै कृषकले असिना छेक्ने जाली लगाएका थिए तिनिहरुको लहरे बाली जागीएको छ । अन्य कृषकमा क्षेती पुगेका बताए । लामो समयपछि जमिन भिज्ने गरेर पानी परेकाले मकै बाली लगाउनेहरुलाई भने राहात मिलेको उनको भनाई छ ।
तर, कुनै क्षेत्रमा असिनाले मकै र नयाँ लगाएका काँक्रो, घिरिमल्ला, लौका, करेलो लगाएका बालीमा क्षति पु¥याएको उनको भनाई छ ।





