नेकपा एमालेले समानुपातिक सांसदको सूची टुंग्याएयो (को को सहित)

-


     क्लिक गण्डकी     
     फागुन ३० गते २०८२ मा प्रकाशित


नेकपा एमालेले समानुपातिक सांसदको सूची टुंग्याएयो को को सहित

नेकपा एमालेले समानुपातिक सांसदको सूची टुंग्याएयो को को सहित

पोखरा, ३० फागुन / नेकपा एमालेले समानुपातिक सांसदको सूची टुंग्याएको छ । शनिबार भक्तपुरको गुनडुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा तर्फका समानुपातिक सांसदहरुको नामावली टुंगो लगाएको हो ।

पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट १६ जना सांसद चयन गरेको छ । जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य रहेका छन् । त्यसैगरी, खस आर्यतर्फ पद्मा अर्याल, टुकबहादुर हमाल, यशोदा कुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेल रहेका छन् ।

त्यस्तै, थारू क्लस्टरबाट टुपार राना परेका छन् भने दलिततर्फ विष्णुमाया विक र नीता धतानी छन् । मधेशीतर्फ रिजाल यादव, यशोदा कुमारी यादव, चन्द्रेश मण्डल परेका छन् । मुस्लिमतर्फ साजिदा सिद्दिकीलाई सांसद बनाउने भएको छ ।



Tags: ,