
रास्वपा
पोखरा, २५ फागुन/ प्रतिनिधिसभा सदस्यमा १८ निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा १५ सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवारहरू निर्वाचित भएका छन् । त्यस्तै, नेपाली कांग्रेसले २ र स्वतन्त्र उमेद्वारले १ क्षेत्र जितेका छन् ।
०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काग्रेसले १०, नेकपा एमालेले ५, नेकपा माओवादीले २, राष्ट्रिय जनमोर्चाले १ क्षेत्र जितेका थिए । तर उपनिर्वाचनमा रास्वपाले १ क्षेत्र जितेको थियो ।
यो प्रदेश एमाले, कांग्रेस तथा तत्कालीन माओवादीका प्रभावशाली नेताहरू निर्वाचित भएको थिए । गोखरा २ बाट नेकपा माओवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, लम्जुङबाट एमाले नेता पृथ्वी सुब्बा गुरुङ, बाग्लुङबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका थिए ।
रास्वपाले १५ क्षेत्रमा जित निकाल्दै गण्डकी आफ्नो वर्चस्व बनाएको छ । रास्वपाले कास्कीका ३ क्षेत्र, बाग्लुङ, गोरखा, स्याङजा, तनहुँ, नवपुरका २÷२ क्षेत्र, पर्वत, लम्जुङका जित्न सफल भएको छ । नेपाली काग्रेसले मनाङ र मुस्ताङ जित्न सफल भयो भने म्याग्दीमा स्वतन्त्र उमेद्वार महाविर पुनले जित्न सफल भए ।
कास्की १ मा गनेश पौडेल, २ मा उत्तम पौडेल, ३ मा विना गुरुङ, बाग्लुङ १ मा सुशील खड्का, १ मा सोम शर्मा, गोरखा १ मा सुधन गुरुङ, २ मा कविन्द्र बुर्लाकोटी, स्याङजा १ मा धनन्जय रेग्मी, २ मा झवि लाल डुम्रे, नवलपुर १ मा राजन गौतम, २ मा मनिष खनाल विजयी भए । त्यसैगरी तनहुँ १ मा स्वर्णीम वाग्ले, २ मा श्रीराम न्यौपाने, लम्जुङमा धर्मराज केसी, पर्वतमा सागर भुसाल विजयी भए ।
०७९ सालको निर्वाचनमा गण्डकी प्रदेशका १० क्षेत्रमा जित निकालेको कांग्रेसले यसपटक दुई क्षेत्रमा मात्र जित निकालेको छ । तनहुँ १ बाट विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि भएका उपनिर्वाचनमा रास्वपाका स्वर्णीम वाग्लले जितेका थिए । त्यस पछि गण्डकीमा काग्रेसको ९ क्षेत्रमा थियो । यस पटक नेपाली काग्रेसबाट मनाङमा टेक बहादुर गुरुङ, मुस्ताङमा योगश गौचन विजयी भए ।
अघिल्लो निर्वाचनमा ५ क्षेत्र जितेको नेकपा एमाले, २ क्षेत्र जितेको अहिलेको नेकपा र १ क्षेत्र जितेको राष्ट्रिय जनमोर्चाले गण्डकीमा खाता खोल्न सकेनन् ।





