
आहा रारा पोखरा गोल्डकपमको उपाधि सहारा क्लबलाई
पोखरा, ९ फागुन/ २५औं संस्करणको आहारारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लबले जितेको छ । जावलाखेल युथ क्लबलाई २–० गोलले हराउदै सहारा क्लबले दोस्रो पटक उपाधि जितेको हो । दोस्रो पटक फाइनल पुगेका जाउवलाखेल उपविजेतामा चित्त बुझायो ।
सहारा क्लबलाई जित दिलाउन खेलको २५औं मिनेटमा मुकुन्द निउरेले गोल गरे । सहाराका क्याप्टेन सुशील लामाले प्रहार गरेको कर्नर किकलाई हेड मार्फत मुकुन्दले जाली चुमाए । खेलको ७३ औ मिनेटमा विदेशी खेलाडी टाइडानियल बटारुले गोल गरे । सुशील लामाले दिएको क्रसलाई उनले हेड मार्फत गोल गर्दै सहाराका लागि दोसो गोल गरे ।
सहारा क्लबले उपाधि सहित नगद १४ लाख १ हजार हात पार्द उपविजेता बनेको जावलाखेलले नगद ७ लाख १ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी मुकुन्द निउरे बन्न सफल भए । उनले टेलजिको स्कुटर पुरस्कार जित्न सफल भए । उत्कृष्ट फरवार्ड जाउलाखेलका धमेन्द्र कुँबर बन्न सफल भए ।
त्यसै गरी उत्कृष्ट प्रशिक्षक सहारा क्लबका सुनिल रानामगर, उत्कृष्ट मिडफिल्डर जाउलाखेलका बबाकुर सिका, उत्कृष्ट डिफेन्डर सहारा क्लबका टाइडानियल बटारु, उत्कृष्ट गोल रक्षक सहारा क्लबका टेकेन्द्र थापा र सर्वाधिक गोल कर्ता प्लानिङ ब्वाइज युनाइटेडका पापा युवुवा केबेले जिते । त्यसै गरी वर्ष उदयमान खेलाडीबाट मुकुन्दकुमार निउरे र फेयर प्ले टिम आभा एफसी उज्वेकिस्तानले जित्न सफल भए । उनीहरुले नगद २५/२५ हजार प्राप्त गरे ।
विजेता खेलाडीलाई गण्डकी प्रदेशका सामाजीक तथा खेलकुद मन्त्र विन्दुकुमार थापा, हिमश्री फुड्स प्रालिका निदेशक प्रकास केसी, किरण केसी, टेलजी स्कुटर नेपाल वितरक सञ्जिब शिल्वाल लगाएतले वितरण गरे ।





