पोखरामा लुकाइछिपाइ राखिएको इन्सास राइफल बरामद, दुई युवा पक्राउ

-


     क्लिक गण्डकी     
     माघ २२ गते २०८२ मा प्रकाशित


पोखरामा लुकाइछिपाइ राखिएको इन्सास राइफल बरामद, दुई युवा पक्राउ

पोखरामा लुकाइछिपाइ राखिएको इन्सास राइफल बरामद, दुई युवा पक्राउ

पोखरा, २१ माघ/ पोखरा महानगरपालिका वडा नम्बर २ भिमसेन टोलमा लुकाइछिपाइ राखिएको अवस्थामा इन्सास राइफल बरामद भएको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले हतियार सहित दुई जनालाई पक्राउ गरेको हो ।

अनुसन्धान तथा खोजतलासका क्रममा जिल्ला महोत्तरी स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ९ नयाँबजार बस्दै आएका १८ वर्षीय रवि चौधरी र भारत घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर २ अर्चलबोट बस्ने १८ वर्षीय राज कुमारलाई नियन्त्रणमा लिएको छ।

अनुसन्धानका क्रममा उनीहरूले २०८२ साल भदौ २४ गते ‘जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयबाट हतियार लुटी लगेको र भिमसेन टोलस्थित घरको टहरोमा रहेको दाउराको खलियोभित्र लुकाइछिपाइ राखेको स्वीकार गरेका थिए।

उक्त सूचनाका आधारमा प्रहरी टोलीले स्थानमा पुगेर दाउराको बीचमा लुकाइछिपाइ राखिएको अवस्थामा RIFLE 5.56 mm M3226लेखिएको इन्सास राइफल बरामद गरेको हो।

बरामद गरिएको हतियारसहित दुवै जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट हातहतियार खरखजना सम्बन्धी कसुरमा छ (६) दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए ।