
पोखराका पर्यटन व्यवसायी चित्रबहादुर भट्टराईको निधन
पोखरा, २५ कात्तिक/ पोखराका पर्यटन व्यवसायी चित्रबहादुर भट्टराईको निधन भएको छ । ट्रेकिङ जाने क्रममा उनको कास्कीको सिक्लेसमा हृदयघातबाट निधन भएको हो ।
तत्काल हेलीकोप्टरबाट उद्धार गरी मंगलबार दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको थियो । तर उहाँको उपचारका क्रममा निधन भएको हो । उनको लेकसाइडमा होटल मुनलाइट र कपडा पसल सञ्चालन गर्दै आएको छन् ।
बुधबार बिहान साढे ८ बजे सेती नदीको शान्तिघाटमा भट्टराईको अन्त्येष्टि गरिने उनाका आफ्न्तले बताए । त्यसअघि, आफ्नो निवास पोखरा–६, अम्बोटबाट शवयात्रा हुनेछ । उनका एक श्रीमती र दुई छोरा छन् ।





