
निजी विद्यालयहरूमा बिहीबार र शुक्रबार बिदा दिने निर्णय
पोखरा, २५ भदौ/ जेनजी आन्दोलनमा देश भर भएको आन्दोलनका कारण निजी विद्यालयहरू बिहीबार र शुक्रबार पनि बिदा दिइने भएको छ ।
निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २६ र २७ गते शोक बिदा दिने निर्णय गरेका हुन् ।
विज्ञप्तिमा देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त दुःखद र पीडादायी अवस्था सिर्जना भएको छ ।
विभिन्न अस्पतालहरूमा सयौँ घाइतेहरूको उपचार भइरहेको छ, जसले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ ।’





