रसियाली नागरिकले पोखराबाटै राष्ट्रपतिलाई मतदान

-


     क्लिक गण्डकी     
     चैत्र २ गते २०८० मा प्रकाशित


रसियाली नागरिकले पोखराबाटै राष्ट्रपतिलाई मतदान

रसियाली नागरिकले पोखराबाटै राष्ट्रपतिलाई मतदान

पोखरा, २ चैत/ शुक्रबार देखी तीन दिन सम्म चल्ने रसियाली राष्ट्रपति निर्वाचनका लागि नेपालबाट मतदान गरेका छन् । मतदानले पोखराबाट शुक्रबार मतदान गरेका हुन् ।

पोखराका बाराही होटलमा राखीएको मतदानकेन्द्र मार्फट १३ जनाले मतदान गरे । मार्च १७ मा काठमाडौंमा नेपालस्थित रसियाली दुतावामा रहने मतदान स्थलमा बाँकी रहेका मतदाताले मतदान गर्ने दुतावासले जनाएको छ ।

नेपालमा रहेका रसियाली नागरिकलाई मतदान गर्न सहज होस भनेर पोखरा र काठमाडौंमा मतदानस्थल राखेको रसियाली राजदुतावासका प्रतिनिधि अलेक्जेन्डर इभासेभले जानकारी दिए ।

नेपालमा रहेका रसियन कर्मचारी तथा घुम्न आएका पर्यटकले राष्ट्रपतिका लागि मत दिन सकुन् भनेर यस्तो व्यवस्था गरेको उनले बताए ।

नेपालमा स्थायी रुपमा बसेका करिब २ सय रसियाली कर्मचारीले काठमाडौंको मतदानस्थलमा सहभागी हुने उनले बताए । उनले करिब १९ लाख रसियाली मतदाताले रसिया भन्दा बाहिरका मुलुकबाट मतदान गर्नेछन् ।

रसियाली राष्ट्रपतिको निर्वाचनमा चारजना उम्मेद्वार चुनावी मैदानमा छन् । वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन स्वतन्त्र उम्मेद्वारको रुपमा चुनावी मैदानमा छन् ।

त्यसै गरी पुटिनसँगै न्यू पिपल पार्टीका भ्लादिस्लाभ डाभान्कोट, नेशनलिष्ट लिवरल डेमोक्रयाटिक पार्टीका लिओनिड स्लुत्स्की, कम्यूनिष्ट पार्टीका निकोलाई खरितोलोभ रहेका छन् ।



Tags: