
see
पोखरा २१ असार/ पोखरा ७ मदरल्याण्ड माविका ४ जना र पोखरा १७ विरौटाको फिष्टेल एकेडेमीमा अध्ययनरत १ जनाले २०७९ को एसइइमा ४ जिपिए ल्याएरका छन् ।
मदरल्याण्ड मा बि बाट एसइईमा सहभागी १५१ जना विद्यार्थीहरूमध्ये २ जना विद्यार्थीले ४ जिपिए ल्याएका हुन् । मदरल्याडकका ७२ जनाले ३.६ देखि ४ जिपिए, ४६ जनाले ३.२ देखि ३.६ जिपिए, ३१ जनाले २.८ देखि ३.२ जिपिए र २ जनाले २.७ जिपिएमा उत्तीर्ण भएका छन् ।
फिष्टेल एकेडेमीकि प्रनिसा तुलाचनले २०७९ को एसइइमा ४ जिपिए ल्याएरका छन् । प्रनिसा तुलाचन मुस्ताङ थासाङ गाउँपालिका कोवाङकी बासिन्दा हुन् । विद्यालयका प्राचार्यका इन्द्र श्रेष्ठका अनुसार कास्की जिल्लामा अहिलेसम्म प्राप्त जानकारी अनुसार ४ जिपिए ल्याउने उनि पहिलो छात्रा बनेकी छिन् ।





