कास्की ३ क मा नेकपा एमालेका गणेश गुरुङ जित नजिक

-


     क्लिक गण्डकी     
     मंसिर ७ गते २०७९ मा प्रकाशित


गणेश गुरुङ

गणेश गुरुङ

पोखरा, ७ मंसिर/ कास्की ३ क मा गण्डकी प्रदेशसभा सदस्यमा नेपका एमालेका गणेश गुरुङ जित नजिक पुगेका छन् । उनले सत्ता गठबन्धनका नेकपा माओवादीका उमेद्वार दुर्गादत्त भण्डारीलाई पछि पारे ।

२६ हजार १ सय ३५ मत गणना गर्दा गणेशले ११ हजार २ सय ६३, भण्डारीले ७ हजार २ सय ९६ मत प्राप्त गरे ।

राप्रपाका केदारनाथ पौडेलले ३ हजार ४ सय ८४, हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले २ हजार ३ सय १९ मत प्राप्त गरे । अहिले माछापुच्छे गाउँपालिकाको वडा नम्बर ७, ८ र ९ को गणना बाँकी छ ।



Tags: , ,