
निर्वाचन चुनाब
पोखरा, ६ कात्र्तिक/ निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सामाजिक सज्जाल चुनौतीका रुपमा रहेको बताएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सञ्चार माध्यमको भूमिका बिषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उनले फेसबुक, टिकटक मात्र नभई लोकप्रिय बन्दै गएका अनलाईन मिडिया चुनौतिका रुपमा रहेको वताए ।
उनले सामाजिक सन्जाललाई नियन्त्रण गर्ने मेटा सँग सम्झैता भएपनि कतिपय अवस्थामा अन्तराष्ट्रिय कानुनको दायर देखाई कानुनले खोजे जस्तो कारवाहि हुन नसक्ने बताए । आयुक्त भण्डारीले निर्वाचन आयोग र प्रेस जगत एक रथका दुई पाटा भएको बताए ।
उनले मिडियाको दायित्व मुलुक र नागरिक प्रति रहेकाले निर्वाचनमा कस्तो उम्मेदवारलाई जिताउने भन्ने सार्थक भूमिका आवश्यक रहेको बताए । उनले आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन आयोग प्रतिबद्ध रहेको बताए । आयुक्त भण्डारीले कुन दल ठूलो वा सानो र कुन दलले जित्छ जित्दैन् त्यो आयोगलाई मतलब छैन्, आयोग चाहान्छ निर्वाचन निपक्ष हुनुपर्छ ।
आयोगका प्रबक्ता शालिग्राम शर्मा पौडेले निर्वाचन निर्देर्शित गरेको कानुनका अधिनमा रहि निर्वाचन गराउने र आचार सहिंतालाई कडाईका साथ लागु गर्ने बताए । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले निर्वाचन शान्तीपूर्ण र भयरहित बनाउन प्रशासन सर्तक रहेको बताए । उनले निर्वाचनको लागि सुरक्षाकर्मी पर्याप्त रहेको बताए । उनले कास्कीकै लागि १६ सय म्यादी प्रहरी भर्ना भैसकेका छन् ।





