स्याङ्जा

अरिङगलको टोकाईबाट स्याङजमा एक जनाको मृत्यु

पोखरा, १३ भदौ/ अरिङगलको टोकाईबाट स्याङजमा एक जनाको मृत्यु भएको छ । स्याङजाको विरुवा गाउँपालिका १ का २८ बर्षीय चेलिस श्रेष्ठको मृत्यु भएको हो । मंगलबार साँझ घर नजिकै अरिङगलको पोलो पोल्ने क्रममा श्रेष्ठलाई अरिलले टोकेका थिए । उनलाई ५० भन्दा बढि अरिङगलले टोकेको बताएको छ । घाइते श्रेष्ठको उपचारका लािग पोखराको गण्डकी मेडिकल कलेज पोखरा ल्याएको थियो । उपचारका कै क्रममा बुधबार बिहान मृत्यु गण्डकी प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । अरिङगलको पोलो पोल्नका लािग ६ जना मिलेर… पुरा पढौ

संघीयता चाहिदैन भन्नेहरु एकलवादीः पूर्व मन्त्री गुरुङ

किरण गुरुङ
वालिङ, ११ असार/ नेकपा एमालेका स्थायी कमिटिका सदस्य एवम पुर्व मन्त्री किरण गुरुङले संघीयता चाहिदैन भन्नेहरु एकलवादी भएको बताउनुभएको छ। लोकतान्त्रिक तमु संघ नेपाल स्याङ्जा जिल्लाको प्रथम अधिवेशनको उद्घाटन गर्नुहुदै गुरुङले बहुराष्ट्रिय मुलुकका लागि संघीयता आवाश्यक हुने भएकाले लामो आन्दोलन पश्चात प्राप्त संघीयताको विरोध गर्नेहरु एकल मानसिकताको उपज भएको बताउनुभयो। लोकतान्त्रिक तमु संघ नेपालको संस्थापक अध्यक्ष समेत रहनु भएका नेता गुरुङले संघीयताकै कारण अहिले गाउँ गाँउको बिकास भइरहेको दावी गर्नुभयो। उहाँले जाती हाम्रो पहिचान हो, तर जातिवादी घातक हुने बताउनुभयो।… पुरा पढौ

स्याङ्जामा पोखरीमा डुबेकी छोरीलाई बचाउन खोज्दा बाबु छोरीको मृत्यु

पाैडी डुवेर
स्याङ्जा, ५ साउन/ स्याङ्जाको गल्याङमा सिँचाइ पोखरीमा डुबेर बाबु छोरीको मृत्यु भएको छ । पोखरीमा डुबेर गल्याङ नगरपालिका वडा नम्बर–६ बस्ने कामना गुरुङकी ४ वर्षीया छोरी सोफिया गुरुङ र उनलाई बचाउन गएका ३३ वर्षीया बाबु विन्द्र गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पोखरीमा बालिका खसेको देखेपछि बचाउन गएका बाबु विन्द्रको पनि डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले बताए । डुबेका दुबैको उद्धार गरी उनीहरूलाई वालिङस्थित अस्पताल लगिए पनि चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेका… पुरा पढौ

स्याङ्जामा दाजुको कुटपिटबाट भाइको मृत्यु

स्याङ्जा, ५ साउन/ स्याङ्जाको भिरकोटमा सामान्य विवादमा दुई जना दाजुभाइबीच कोटपिट हुदाँ भाइको मृत्यु भएको छ । गएराति भिरकोट नगरपालिका वडा नम्बर–३ रिजुका ४५ वर्षका श्यामबहादुर रोकाको कुटपिटबाट ज्यान गएको हो । ५० वर्षका यामबहादुर रोकाले कुट्दा श्यामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए । कुटपिटमा संलग्न यामबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । पुरा पढौ

२७ महिने नाबालिका हत्या आरोपमा ठूलोबाउ पक्राउ

स्याङ्जा, १२ माघ/ सत्ताईस महिने भतिजी हत्या आरोपमा ३८ वर्षे बासुदेव ढकाल पक्राउ परेका छन् । सोमबार दिउँसो १ बजे स्याङ्जाको चापाकोट नगरपालिका—७ पिपलछाप निवासी भाईकी छोरी नाबालिका (सुबिना ढकाल)लाई हत्या गर्ने मनसायले भुईंमा पछारेका ठूलाबाउ (बासुदेव) लाई प्रहरीले पक्राउ गरेको छ । नाबालिका ढकालका दुबै खुट्टा समाई टाउकाको भाग पटकपटक जमिनमा पछारी अचेत बनाई छाडेको र उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । नबालिकाको शव परिक्षणका लागि सोमबारै पोखरा पठाइएको थियो… पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । मुख्यमन्त्री पोखरेलले बिहीबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,… पुरा पढौ