म्याग्दी

बेनी जोमसोम सडक अवरुद्ध, यात्रा नगर्न आग्रह

मुग्लिन–नारायणगढ सडक पहिरो तस्बिरः विनोद श्रेष्ठ
म्याग्दी, १९ कात्तिक/ म्याग्दी हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबार साँझदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको प्रहरीले जानकारी दिएको छ । दिउँसो देखिको वर्षातका कारण सडकमा पहिरो खसेर सवारी साधन आवत–जावत रोकिएको छ । वर्षा नरोकिएको, रात परिससकेको र निरन्तर पहिरो खसिरहेकाले रातको समयमा बेनी–जोमसोम सडकमा यात्रा नगर्न प्रहरीको आग्रह छ । बेनी–जोमसोम–कोरला सडक आयोजनासँग समन्वय गरेर मङ्गलबार बिहानैदेखि पहिरो पन्छाएर सडक सञ्चालन गराउन पहल… पुरा पढौ

बेनी–जोमसोम सडक महभिरको पहिरोले पुरिएको मोटरसाइकल निकाल्दै

बेनी–जोमसोम सडक महभिरको पहिरोले पुरिएको मोटरसाइकल निकाल्दै
पोखरा, ६ साउन/ बेनी–जोमसोम सडक अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा शनिबार राति पहिरोमा पुरिएको मोटरसाइकल निकालेको छ । बेनी देखि शिखतर्फ जादै गरेको ध२प ६०३३ नम्बरको पल्सर कम्पनीको टु ट्वान्टी ब्राण्डको मोटरसाइकल गुडीरहेको अवस्थामा शनिबार राति पहिरो खसेर पुरिएको थियो । मोटरसाइकल चालक भने भागेर ज्यान बचाउन सफल भएका थिए । महभिर देखि माथिको भिरमा नयाँ पहिरो आउन थालेको छ । बेनी जोमसोम कोरला सडक आयोजनाले आइतबार बिहान सडक विभागको डोजर परिचालन गरेर मोटरसाइकल निकाल्नुका साथै अवरुद्ध सडक खुलाएको छ… पुरा पढौ

दर्शन फाउण्डेशनद्वारा म्याग्दीको सिंगामा निःशुल्क स्वास्थ्य शिविर

दर्शन फाउण्डेशनद्वारा म्याग्दीको सिंगामा निःशुल्क स्वास्थ्य शिविर
म्याग्दी, १७ जेठ दर्शन फाउण्डेशनको आयोजनामा म्याग्दीको बेनी नगरपलिका– ४ सिंगामा हालै आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट चार सय ५७ विरामी लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी सिंगा उपशाखाको सहआयोजना तथा युनाइटेड रेफरेन्स ल्याब्रोटोरी (युआरएल) पोखरा र बेनी अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा कतिपय विरामीको रक्त परीक्षण समेत गरिएको थियो । संस्थाले सामाजिक उत्तरदायित्वलाई ख्याल गर्दै दुर्गम ठाउँमा पुगेर निःशुल्क शिविर आयोजना गरेको आयोजक फाउण्डेशनका अध्यक्ष पितमबहादुर सेनले जानकारी दिए । आगामी दिनमा पनि फाउण्डेशनले सेवामूलक कार्यलाई निरन्तरता दिने उनले… पुरा पढौ

म्याग्दीमा बोलेरो जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु

बोलेरो गाडी दुर्घटना हुदाँ ८ जनाको मृत्यु
म्याग्दी, ५ चैत/ म्याग्दीमा गएराती बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखराबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्वारतर्फ जाँदै गरेको ग १ ज ७६५३ नम्बरको जीप नेपाने भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परि चालकसहित २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारमा बस्दै आएका जीप चालक गणेश श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजा रहेका छन् । खोप्राबाट झरेका तीन जना पर्यटक लिन गएको छ । पुरा पढौ

बेनीमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु

फाइट
म्यादी, १२ माघ/ म्याग्दीको बेनीमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिहीबार साँझ बेनी नगरपालिका ८ क्याम्पसचोकमा अन्धाधुन्ध धारिलो हतियार प्रहारबाट रघुगंगा गाउँपालिका १ बेगका घर भई बेनी नगरपालिका ८ पिपलचोक बस्ने २१ वर्षीय सुशिल गर्बुजाको मृत्यु भएको हो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बेनीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख डिएसपी मदन कुवँरले बताए । मृतकका साथी बेनी नगरपालिका–६ अथुंगेका अनुराग शाहीक… पुरा पढौ

म्याग्दीको मालिकामा ढुङ्गा (छपनी) प्रहारबाट दुई जनाको ज्यान गयो

म्याग्दी, २१ पुस/ म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो भएको घटनामा दुई जनाको मृत्यु भएको छ । धारिलो ढुङ्गा (छपनी) प्रहार हुँदा गम्भीर घाइते भएकी मालिका–७ बिमकी सात वर्षीया प्रियङ्का गर्बुजाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । प्रियङ्काकी हजुरआमा ७० वर्षीया मनिषा गर्बुजाको मालिका–७ को लुरवाङस्थित घटनास्थलमै ज्यान गएको थियो । हेलिकोप्टरबाट पोखरा लगिएकी प्रियङ्कालाई चिकित्सकले मृत घोषणा गरेका छन् । चिर्पट प्रहार हुँदा घाइते भएकी ६६ वर्षीया अमृता जुग्जालीको… पुरा पढौ

पोखराबाट जोमसोम मोटरसाईकल जादै गरेका पर्यटक दुर्घटना परि मृत्यु

दुर्घटना
पोखरा, २४ कात्तिक/ पोखराबाट बेनीहुँदै जोमसोम तर्फ मोटरसाईकलमा जादै गरेका जर्मन नागरिक म्याट्रेड वि को दुर्घटनामा मृत्यु भएको छ । बेनी–जोमसोम सडक अन्र्तगत पर्ने अन्नपूर्ण गाउँपालिका, ३ काप्रेभीरबाट मोटरसाईकल करिब ८० मिटर तल कालीगण्डकीमा खसेको थियो । चालक सडकदेखी अन्दाजी ६० मिटर तल भीरमा अल्झेका थिए । उद्धारकर्मीले फेला पार्दा म्याट्रेडको मृत्यु भैसकेको प्रहरीले जानकारी दिएको छ । बिहीबार साँझ ७ बजे तिर भएको दुर्घटना भएको थियो । चार जना स्पेनिस र ११ जर्मन गरी १५ जना मोटरसाईकल राईडरहरु बिहीबार… पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । मुख्यमन्त्री पोखरेलले बिहीबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,… पुरा पढौ