मुस्ताङ्

फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली

फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली
पोखरा, २३ फागुन/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् । मंगलबार भएको प्रथम जिल्ला अधिवेसनले थकालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा शुशिल थकाली, सचिवमा निरज थकाली, सहसचिवमा सोजन हिराचन र कोषाध्यक्षमा तृस्ना गौचन सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यहरुमा रुपिका थकाली, यमुना लामा, रिक्साङ गरुङ, समिर थापा र कर्साङ गुरुङ चयन भए । उनीहरुलाई मंगलबार नै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन… पुरा पढौ

मुस्ताङबाट पोखरा आउदै गरेको बस कालीगण्डकीमा खस्यो

दुर्घटना
पोखरा, ३ फागुन/ मुस्ताङको जोमसोमबाट पोखरा आउदै गरेको बस कालीगण्डकी नदीमा खसेको छ । मुस्ताङको थासाङ–३ धम्पुमा ना ७ ख ७४४० नम्बरको बस दुर्घटना भइ कालीगण्डकीमा खसेको हो । दुर्घटनामा परि १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी रविन्द्रनाथ पौडेलले जानकारी दिए । बसमा सवार १७ जना यात्रुमध्ये ४ जना गम्भीर घाइते छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको धम्पुस्थित सडकको बायाँ करिब ५४ मिटर तल कालिगण्डकी नदीमा बस खसेको प्रहरीको भनाई छ । गम्भीर घाइते यात्रुलाई थप… पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । मुख्यमन्त्री पोखरेलले बिहीबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,… पुरा पढौ