मुस्ताङ्

मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई पुरस्कार

मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई पुरस्कार
मुस्ताङ, ८ असार/ मुस्ताङका क्रियाशील पत्रकार सुन्दरकुमार थकाली पुरस्कृत भएका छन् । लामो समयदेखि मुस्ताङ जिल्लाको कठिन भूगोलमा निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार थकालीलाई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आईतबार नगद पुरस्कात गरेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र समग्र मुस्ताङ जिल्लाको ऐतिहाँसिक,धार्मिक, सांस्कृतिक,पर्यटकीय,कृषि लगायतका संभाव्य क्षेत्रहरुको उजागर गर्दै नागरिकहरुमा सूचना संम्प्रेषण तथा मुस्ताङ जिल्लालाई राष्ट्रिय स्तरमा पहिचान दिलाएको भन्दै वारागुङ मुक्तिक्षेत्र गाउँपालिक कार्यालयको २२ औं गाउँसभा अधिवेशनमा नगद दस हजार पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको हो । मुस्ताङ जिल्लाको… पुरा पढौ

जुवा खालबाट करिब ९ लाख सहित १२ जना पक्राउ

जुवा तास
पोखरा, १९ कात्तिक/ मुस्ताङमा करिब ९ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् । आइतबार राति घरपझोङ गाउँपालिका–२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट प्रहरीले १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ८ लाख ५२ हजार ८ सय नगदसहित ८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई मंगलबार म्याद थप गरेर थप अनुसन्धान गरिने जिल्ल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए । पक्राउ पर्नेहरू मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं.… पुरा पढौ

पर्यटन दिवसमा मुस्ताङका पत्रकार सुन्दरकुमार थकाली पुरस्कृत

सुन्दरकुमार थकाली
मुस्ताङ, ११ असोज/ विश्व पर्यटन दिवसका अवसरमा हिमाल पारीको जिल्ला मुस्ताङबाट पत्रकारिता गर्दै आएका पत्रकार सुन्दर कुमार थकाली पुरस्कृत भएका छन् । मुस्ताङ जिल्ला अन्तर्गत रहेका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार एवं पर्यटन प्रवद्र्धनमा पत्रकारिताको माध्यमबाट पुर्‍याएको योगदानको कदर गर्दै थकालीलाई नगद १० हजारसहित पुरस्कृत गरेको हो । पर्यटन तथा उद्योग कार्यालय मुस्ताङ र राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोमले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालयले नगदसहित पुरस्कृत गरेको हो । संविधानसभा सदस्य श्रीमाया थकाली,… पुरा पढौ

मानापाथी हिमालमा हिमपहिरोः बोक्सीखोला थुनियो

मानापाथी हिमालमा हिमपहिरोः बोक्सीखोला थुनियो
पोखरा, ७ भदौ/ धौलागिरि हिमश्रृंखलाको मानापानी हिमालमा हिमपहिरो गएको छ । हिमपहिरोले मुस्ताङको थासाङ–२ बोक्सी खोला थुनेको छ । मुस्ताङको थासाङस्थित मानापाथी हिमालको फेदबाट मुलिखर्क हुँदै खसेको हिमपहिरोले छिप्लुङसम्म थुनिएको हो ।थासाङ गाउँपालिका माथि मानापाथीबाट खसेको हिमपहिरो करिब १ हजार मिटरको दूरीमा जमेर बसेको थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए । हिमपहिरो फुटेर जोखिम निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन त्यसक्षेत्रका बासिन्दालाई सचेत रहन प्रशासनले आग्रह गरेको छ । हिमपहिरोका कारण थासाङ गाउँपालिका–२ का ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको… पुरा पढौ

होटलमा चोरी गरी भाग्दै गरेका एक जना पक्राउ

चोरी
जोमसोम, १५ जेठ/ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ पुराङ रानीपौवाको होटलमा चोरी गरेर फरार युवालाई म्याग्दी प्रहरीले पक्राउ गरेर मुस्ताङ प्रहरीको जिम्मा लगाएको छ । आइतबार बिहान करिब ४ बजेको समयमा रानीपौवास्थित होटल बबमार्लीको काठको टिप्स बाकस र अर्को होटलको हिसाब राख्ने बाकसमा राखिएको ४५ हजार चोरी भएको थियो । चोरी गरी फरार नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका—४ सिक्रे बस्ने १९ वर्षीय सुशान्त गुरुङलाई पोखरातर्फ भाग्दै गरेको अवस्थामा बेनी चेक पोस्टबाट प्रहरीले पक्राउ गरेको हो । मुक्तिनाथ रानीपौवास्थित स्थानीय कर्माछिरिङ गुरुङले सञ्ञ्चालन… पुरा पढौ

मुस्ताङमा लेक लागेर भारतीय तिर्थालुको मृत्यु

मुस्ताङ, १८ चैत /मुस्ताङमा लेक लागेर एकजना भारतीय तिर्थालुको मृत्यु भएको छ । मुक्तिनाथ दर्शनका लागि गएकी भारत गुजरातकी ६५ वर्षीया जानी तरुणा बेनको टुकुचेमा लेक लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनी मुक्तिनाथ दर्शन गरेर फर्कँदै थिइन् । अचानक बिरामी भएकी जानीलाई उपचारको लागि मुस्ताङ अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

मुस्ताङमा लेक लागेर तीन विदेशी पर्यटकको मृत्यु

मुस्ताङ, २४ असोज/ मुस्ताङमा एक सातायता लेक लागेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा युक्रेनी नागरिक ३५ वर्षीया आन्ना पानिना, भारतीय नागरिक ६६ वर्षीय सत्यनारायण र ६५ वर्षीय रेवती रहेका छन् । लेक लागेर ज्यान गुमाएकी युक्रेनी नागरिक आन्ना असोज १९ गते कागबेनीदेखि हिँडेर मुक्तिनाथतर्फ गइरहेकी थिइन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ झोङमा पुगेपछि उनलाई श्वासप्रश्वासमा समस्या आएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल जोमसोम लगिएको थियो । अस्पतालका स्वास्थ्यकर्मीले आन्नालाई मृत घोषणा गरेको… पुरा पढौ

मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गर्छौः मुख्यमन्त्री पाण्डे

मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गर्छौः मुख्यमन्त्री पाण्डे
मुस्ताङ, २० असोज/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनौट, बजेट बिनियोजनमा प्राथमिकता दिइएको बताएका छन् । ‘गण्डकी प्रदेश समृद्धीको मुख्य क्षेत्र पर्यटन हो, यसमापनि जिल्लागत विविधता छ’ उनले भने ‘मुस्ताङलाई हामीले पर्यटन र कृषिमा केन्द्रित गरेका छौँ ।’ मुक्तिनाथ मन्दिर, कागवेनी धार्मिक क्षेत्र, कोरोला नाका र उच्च हिमाली मैदानमा खेल अभ्यास गर्ने पर्यटकलाई लक्षित बजेट सहित कार्यक्रममा प्रदेश सरकारको प्राथमिकता रहेको उनले बताए । ‘पर्यटन सँगै कृषिलाईपनि प्राथमिकता दिनुपर्छ, यहाँ उत्पादन हुने… पुरा पढौ

कागवेनीको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले भने- ‘पुन निर्माणमा सबै प्रयास केन्द्रित हुनेछ’

कागवेनीको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले भने स् ‘पुन निर्माणमा सबै प्रयास केन्द्रित हुनेछ’
मुस्ताङ, १८ असोज/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कागवेनी क्षेत्रको पुन निर्माणकालागि गण्डकी प्रदेश सरकारले सबै प्रयास केन्द्रित गर्ने बताएका छन् । ‘प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सघाउने र दातृ निकायसँग पनि प्रदेश सरकारले सहकार्य गरेर कागवेनी पुन निर्माण गर्नेछ’ उनले भने । बाढीले कागवेनी क्षेत्रमा ठुलो क्षती पुगेकाले संघिय सरकार र स्थानीय सरकारको सहकार्यमा सबैको सामुयिक प्रयास केन्द्रित गर्दा पुननिर्माण सहज र छिटो हुने उनले बताए । ‘यसकालागि प्रदेश सरकारले संघ सरकारसँग समन्वय गरिरहेकोछ’ उनले भने । ‘प्राकृतिक… पुरा पढौ

फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली

फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली
पोखरा, २३ फागुन/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् । मंगलबार भएको प्रथम जिल्ला अधिवेसनले थकालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा शुशिल थकाली, सचिवमा निरज थकाली, सहसचिवमा सोजन हिराचन र कोषाध्यक्षमा तृस्ना गौचन सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यहरुमा रुपिका थकाली, यमुना लामा, रिक्साङ गरुङ, समिर थापा र कर्साङ गुरुङ चयन भए । उनीहरुलाई मंगलबार नै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन… पुरा पढौ