लमजुङ

घलेगाउँ र भुजुङ जोड्ने सडक निर्माणमा ढिलाइ, फिल्डमा पुगे मन्त्री केसी

घलेगाउँ र भुजुङ जोड्ने सडक निर्माणमा ढिलाइ, फिल्डमा पुगे मन्त्री केसी
पोखरा, २० मंसिर/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी लमजुङमा ठेकेदारले निर्माणमा ढिलाइ गरेको सडकको निरीक्षणमा पुगेका छन् । मन्त्री केसी बिहीबार क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्म पर्ने सडकखण्डको निरीक्षणमा पुगेका हुन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्याङ्कन तथा अन्य पू्र्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियाँसहितको टोली फिल्डमा पुगेको हो । मन्त्री केसीले निर्माण कम्पनीका प्रतिनिधिलाई बागलुङपानी–भुजुङ सडकखण्डको काम छिटो सक्न निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिले चैतसम्म… पुरा पढौ

काठमाडौंबाट लमजुङ आउगदै गरेको माइक्रोबस दुर्घटना

काठमाडौंबाट लमजुङ आउगदै गरेको माइक्रोबस दुर्घटना
नुवाकोट, १४ असोज/ काठमाडौंबाट लमजुङ आउदै गरेको माइक्रोबस नुवाकोटको शिवपुरीमा दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । दुईजना गम्भीर घाइते रहेका छन् । काठमाडौंबाट नुवाकोटहुँदै लमजुङ जाँदै गरेको ग १ ख ४५३५ नम्बरको माइक्रो सोमबार दिउँसो शिवपुरीको भीरबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरी जानकारी दिएको छ । काठमाडौं टोखा–छहरे–गंगटे सडकखण्डको बीचमा रहेको शिवपुरी गाउँपालिका– ७ अदुवारवारी घुम्तीमा माइक्रोबस सडकबाट १ सय ५० मिटर तल खसेको हो । घाइतेहरूलाई उपचारका लागि… पुरा पढौ

लमजुङको बगुममा पहिरो जाँदा ३ घर बगायो, ४ जना बेपत्ता

पोखराको ठुलाखेतमा पहिरो, घर र गोठ बग्यो
फाइल तस्बिर पोखरा, १२ असार/ लमजुङको क्ब्होंलासोथर गाउँपालिकाको वडा नम्बर ३ उत्तरकन्याको बगुममा गएराति पहिरो जाँदा तीन घर बगाएको छ । पहिरोमा परि ४ जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको गाउँपािलका अध्यक्ष सुर्य गुरूङले जानकारी दिए। पहिरोमा परि ६९ वर्षिय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङ बेपत्ता छन् । रूद्रमानको… पुरा पढौ

लमजुङको एक घरमा आगलागी, करिब ३३ लाख रुपैयाँबराबरको क्षति

आगोलागि
लमजुङ, २९ कात्तिक/ लमजुङको राइनास नगरपालिका ८, तार्कुघाटस्थित एक घरमा आगलागी भएको छ । शुकलाल श्रेष्ठको परिवार बस्दै आएको घरमा आगलागी हुँदा ३३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ । विन्दु श्रेष्ठको २ तले कच्ची घरमा शुकलालको परिवार बस्दै आएका थिए । स्थानीयका अनुसार मंगलबार साँझ साढे ६ बजेतिर उक्त घरमा आगलागी भएको हो । आगलागीबाट जस्ताले छाएको घर र घरभित्रका सबै सामान जलेर नष्ट भएका छन् । विद्युत् सर्ट भएर आगलागी भएको देखिएको… पुरा पढौ

लमजुङमा मोटरसाइकल दुर्घटनामा २५ वर्षीय युवकको मृत्यु

दुर्घटना
लमजुङ, ८ असोज/ लमजुङको बेसीसहर गैरीधारा नजिकैको सडकमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । ना ४७ प ६४६९ नम्बरको मोटरसाइकल सडकमा रोकेर राखेको ग १ त ३८४२ नम्बरको ट्याक्टरसँग ठोकिदा झापा गौरादह–५, घर भई हाल रानीकुवा बस्दै आएका २५ वर्षीय मनिष श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । लमजुङ प्रहरीका अनुसार राति साढे ११ बजेको समयमा दुर्घटना हुँदा सख्त घाइते भएका श्रेष्ठलाई उपचारको लागि लमजुङ अस्पतालमा लगिएकोमा उपचारका क्रममै मृत्यु भएको हो । पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । मुख्यमन्त्री पोखरेलले बिहीबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,… पुरा पढौ