गोरखा

पिङ खेल्ने क्रममा लडेर गोरखामा एक महिलाको मृत्यु

गोरखा, ७ कात्तिक/ गोरखामा रोटेपिङ खेल्दा लडेर एक महिलाको मृत्यु भएको छ । गोरखा पालुङटार नगरपालिका–८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा सोमबार बेलुका ३६ वर्षीया कल्पना कोइरालाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पिङ खेल्ने क्रममा अनियन्त्रित भई लडेर घाइते भएकी उनको गोरखा अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको प्रहरीको भनाई छ । टाउकोमा चोट लागेर अचेत अवस्थामा रहेकी कोइरालालाई स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात थप उपचारका लागि गोरखा अस्पताल पु¥याएको थियो । पुरा पढौ

गोरखामा बसले मोटरसाइकललाई ठक्कर दिदा चालकको मृत्यु

दुर्घटना
गोरखा, ३० भदौ/ गोरखामा शनिबार भएको दुर्घटनामापरि एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गोरखा–भच्चेक सडकखण्डको सिरानचोक गाउँपालिका–४ अमराइमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २७ बर्षका रामलाल कुमाल रहेको प्रहरीले जानकारी दिएको छ । भच्चेक बजारबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग १ ख ९७३६ नम्बरको बस र विपरीत दिशातर्फ जादै गरेको ग ७ प १५१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका कुमालको… पुरा पढौ

गोरखामा बेहुलीको घरबाट फर्किदै गरेको गाडी खस्यो, ५ जनाको मृत्यु

गोरखामा बेहुलीको घरबाट फर्किदै गरेको गाडी खस्यो, ५ जनाको मृत्यु
पोखरा, ८ असार/ गोरखामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शहीद लखन गाउँपालिका–३ स्थित पातले खोलामा शुक्रबार बिहान एक बजे दुर्घटना भएको हो । ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप गएराति दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । पाँच जनाको मृत्यु भएको भएपनि पहिचान खुल्न बाँकी छ । बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएका थिए । तीनवटा गाडीहरूमध्ये एउटा गाडी दुर्घटना भएको प्रहरीको… पुरा पढौ

गोरखाका हाकिमलाई मुख्यमन्त्रीको निर्देशनः ‘सेवा प्रवाहमा टाइमकार्ड लागू गर्नुस्’

गोरखाका हाकिमलाई मुख्यमन्त्रीको निर्देशनः ‘सेवा प्रवाहमा टाइमकार्ड लागू गर्नुस्’
गोरखा, ४ जेठ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसेवालाई जतिसक्दो छिटो बनाउन गोरखाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । जिल्ला भ्रमणका क्रममा गोरखा पुगेका पाण्डेले बुधबार कार्यालय प्रमुखहरुलाई भेटेर नागरिकले एउटै कामका लागि पटक पटक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका हुन् । ‘एउटै कामका लागि सर्वसाधारण पटक–पटक आउनुपर्ने, कार्यालय धाउनुपर्ने बाध्यता हामीले हटाउनुपर्छ,’ उनले भने, ‘बरु सेवा छिटो र सहज बनाउन ‘टाईमकार्ड’ लागू गर्नुस् । समयमै काम भएन भने जनतामा आक्रोश बढ्छ । ब्यवस्थाप्रति नै बितृष्णा हुन सक्छ ।’… पुरा पढौ

गोरखा केन्द्रविन्दु भएर भूकम्प

भूकम्प
गोरखा, २८ चैत/ गोरखाको बलुवालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको बालुवा केन्द्रविन्दु भएर मंगलबार साँझ ६ बजेर ५० मिनेटमा चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का गोरखा, लमजुङ, तनहुँ लगायतका जिल्लामा महसुस गरिएको थियो । भूकम्पका कारण कुनै क्षेतिको विवरण भने नआएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

मनकामना केवलकार चैत २२ गते बन्द रहने

मनकामना केवलकार
गोरखा, १९ चैत/ मनकामना केवलकार चैत २२ गते बुधबार सेवा बन्द रहने भएको छ । केवलकारमा लठ्ठा र टावरको मर्मत सम्भारका लागि सेवा बन्द गरको कम्पनीले जनाएको छ । चैत २३ गते बिहीबारदेखि सेवा नियमित रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ । यो नियमीत मर्मत सम्भार रहेको जनाएको छ । पुरा पढौ

गोरखामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

दुर्घटना
गोरखा, १७ चैत/ गोरखामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका १ को निबेलमा भएको दुर्घटनामा सप्तरीका लक्ष्मीकान्त चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । भे६प ७४३ नम्बरको मोटरसाइकल घ्याम्पेशालबाट निबेल तर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेका थियो । चौधरीको शवलाई गोरखा अस्पतालमा पोर्टमार्टका लागि राखिएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

गोरखामा ट्रक दुर्घटना, एक जनाको मृत्यु, ७ जना घाइते

गोरखामा ट्रक दुर्घटना, एक जनाको मृत्यु, ७ जना घाइते
गोरखा, २९ फागुन/ गोरखाको बिसौनी मोडमा दुध बोक्ने ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । गोरखा बसपार्कबाट हरमटारीचोक तर्फ जाँदै गरेको प्रदेश न३०१००३क ६१७० नम्बरको ट्रक अनियनिन्त्र भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछाने बताए । ट्रक अनियन्त्रित हुँदा बिपरित दिशा तर्फ आईरहेको मोटर साईकल चालक र बिसौनीमोडमा चटपट खाईरहेका एक व्यक्ति सहित ७ घाईते भएका छन् । घाइतेको गोरखा अस्पतालमा उपचार भईरहेको उनले बताए ।… पुरा पढौ

गोरखामा पृथ्वीनारायण शाहकालिन पर्यडको तयारी

गोरखामा पृथ्वीनारायण शाहकालिन पर्यडको तयारी
गोरखा, १६ मंसिर/ गोरखामा पृथ्वीनारायण शाहकालिन पर्यडको तयारी भएको छ । होटल संघ नेपालको आयोजना तथा संघको गण्डकी र गोरखा शाखाको समन्वयमा संचालित एक हप्ते एड्भान्स कुकिङ तालिमको समापनमा त्यस्तो बताएका हुन् । युएनडीपी अन्तर्गतको सस्टेन्एबल टुरिजम फर लाइभ्लीहुड रिकभरी प्रोजेक्टले सघाएको थियो । तालिमको समापन गर्दै गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले ऐतिहासिक गोरखा जिल्लाले पर्यटनको राम्रो संभावना बोकेको सन्दर्भमा आयोजित तालिमले सकारात्मक सन्देश प्रवाह गरेको बताए । गोरखा जिल्लामा थप होटल र पर्यटकीय पूर्वाधारको विकास गर्न बाँकी नै… पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । मुख्यमन्त्री पोखरेलले बिहीबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,… पुरा पढौ