बाग्लुङ

करेन्ट लागेर बागलुङमा एक जनाको मृत्यु

करेन्ट
बागलुङ, १ मसिर/ बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बागलुङको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा निसीखोला गाउँपालिका–३ काउलेका ६२ वर्षीय भोजविर नेपाली रहेका छन् । गाउँबाट ढुवाखोर जाँदै गरेका नेपालीलाई करेन्ट लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

दुर्घटना
बागलुङ, २१ कात्तिक/ बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिका जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी सोमबार राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले भनाई छ । पुरा पढौ

बागलुङमा ग्याङ फाइटः ६ घाइते, २ युवाको पोखरा उपचार हुदै, ३ जना पक्राउ

फाइट
बागलुङ, ७ कात्तिक/ बागलुङमा दुई समूहबीचको झडपमा परी ६ युवा घाइते भएका छन् । जैमिनी नगरपालिका–२ पौखराचौरमा भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रममा वडा नम्बर २ र ९ का युवाबीच सोमबार बेलुका झगडा भएको थियो । झडपमा डबल राना, महेन्द्र थापा, दीपु राना, दीपु थापा, विष्णु थापा र सुनिल परियार घाइते भएको बागलुङ प्रहरीका सूचना अधिकारी डीएसपी मदन केसीले जानकारी दिए । विष्णु र सुनिल उपचारपछि डिस्चार्ज भएका छन् भने अन्य ४ घाइतेको पोखराको मणिपाल अस्पतालमा उपचार भएको छ । प्रहरी… पुरा पढौ

प्रहरीको हत्या आरोपमा आमा छोरा जेल चलान

प्रहरीले आज पोखरामा सलामी सलामी दिएको छ
बागलुङ, ८ भदौ/ बागलुङमा प्रहरीको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमाछोरालाई पुर्पक्षका लागि जेल चलान भएका छन् । साउन ८ गते बागलुङको बडिगाड गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक उज्जल पौडेलको हत्या भएको थियो । जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजाघरका सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार शिवहरि सुवेदीले जानकारी… पुरा पढौ

बागलुङ प्रहरीचौकीका इञ्चार्ज मृत्यु प्रकरणः होटल सञ्चालक आमा छोरा पक्राउ

बागलुङ, ९ साउन/ बागलुङको एक होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेका थिए । प्रहरीले होटल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । घटना शंकास्पद देखिएको भन्दै प्रहरी उपरीक्षको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका–६ खार बजार… पुरा पढौ

बागलुङमा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु

बागलुङमा जिप दुर्घटना हुदाँ २ जनाको मृत्यु
पोखरा, ६ असार/ बागलुङमा पिकअप जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक पर्वत जिल्ला कुश्मा नगरपालिका–१ मालढुङ्गाका २८ बर्षिय राजेन्द्र माझी र बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीका ३६ बर्षिय दुर्गा पौडेल रहेको प्रहरी जानकारी दिएको छ । बागलुङको गलकोटबाट सामान विक्रि गरि बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको पिकअप मध्येपहाडी लोकमार्गमा दुर्घटनामा परेको थियो । पिकअप ५ सय मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । जीपमा २… पुरा पढौ

सुरक्षा संवेदनशीललाई ख्याल गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

सुरक्षा संवेदनशीललाई ख्याल गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन
बागलुङ, २३ चैत/ गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको आयोजनामा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक बुधबार बागलुङमा भएको छ । वार्षिक कार्यक्रम अनुसार चैत २० गते ७ जिल्लाको बैठक तनहुँमा भएको र बाँकी ४ जिल्लाको बैठक बागलुङमा गरिएको आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले बताए । बैठकको प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरे । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलशासन व्यवस्था अनुसार प्रहरीको भूमिका फरक हुने भन्दै दक्षता र योग्यता अनि अनुभव तिखार्दै मैदानमा उत्रनुपर्ने भनाइ राखे… पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । मुख्यमन्त्री पोखरेलले बिहीबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,… पुरा पढौ

विदेशबाट फर्किएर ड्रागन फ्रुट खेती

पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगारपछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका हुन् । कोरियामा चार वर्ष बिताएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लागेका हुन् । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूलखेती सुरु गरेका छन् ।उनले रु २० लाख लगानीमा केही बाँझो र केही कोदो र… पुरा पढौ

गलकाेटमा २२५ को निःशुल्क आँखा उपचार

गलकोट नगरपालिका–७ मल्ममा बिहीबारदेखि आजसम्म चलेको निःशुल्क आँखा शिविरबाट २२५ जनाले लाभ लिएका छन् । श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्रद्वारा आयोजित शिविरमा ३८ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अन्यले आँखा परीक्षण र उपचार सेवा पाएको केन्द्र व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर थापाले जानकारी दिए । शिविर सञ्चालनका लागि भैरहवामा रहेको श्रीकृष्ण नेत्रालयले प्राविधिक र चिकित्सकीय सेवा उपलब्ध गराएको थियो । नेत्रालयका नेत्र विशेषज्ञ डा सल्मा केसीलगायतको टोलीले आँखाको शल्यक्रिया गरेका थिए । शल्यक्रियामा लाग्ने खर्चका लागि हरिकृष्ण आई केयर फाउण्डेशन र… पुरा पढौ