बाग्लुङ

प्रहरीको हत्या आरोपमा आमा छोरा जेल चलान

प्रहरीले आज पोखरामा सलामी सलामी दिएको छ
बागलुङ, ८ भदौ/ बागलुङमा प्रहरीको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमाछोरालाई पुर्पक्षका लागि जेल चलान भएका छन् । साउन ८ गते बागलुङको बडिगाड गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक उज्जल पौडेलको हत्या भएको थियो । जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजाघरका सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार शिवहरि सुवेदीले जानकारी… पुरा पढौ

बागलुङ प्रहरीचौकीका इञ्चार्ज मृत्यु प्रकरणः होटल सञ्चालक आमा छोरा पक्राउ

बागलुङ, ९ साउन/ बागलुङको एक होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेका थिए । प्रहरीले होटल सञ्चालिका आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । घटना शंकास्पद देखिएको भन्दै प्रहरी उपरीक्षको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका–६ खार बजार… पुरा पढौ

बागलुङमा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु

बागलुङमा जिप दुर्घटना हुदाँ २ जनाको मृत्यु
पोखरा, ६ असार/ बागलुङमा पिकअप जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक पर्वत जिल्ला कुश्मा नगरपालिका–१ मालढुङ्गाका २८ बर्षिय राजेन्द्र माझी र बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीका ३६ बर्षिय दुर्गा पौडेल रहेको प्रहरी जानकारी दिएको छ । बागलुङको गलकोटबाट सामान विक्रि गरि बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको पिकअप मध्येपहाडी लोकमार्गमा दुर्घटनामा परेको थियो । पिकअप ५ सय मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । जीपमा २… पुरा पढौ

सुरक्षा संवेदनशीललाई ख्याल गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

सुरक्षा संवेदनशीललाई ख्याल गरी काम गर्न मुख्यमन्त्रीको निर्देशन
बागलुङ, २३ चैत/ गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको आयोजनामा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक बुधबार बागलुङमा भएको छ । वार्षिक कार्यक्रम अनुसार चैत २० गते ७ जिल्लाको बैठक तनहुँमा भएको र बाँकी ४ जिल्लाको बैठक बागलुङमा गरिएको आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले बताए । बैठकको प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरे । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलशासन व्यवस्था अनुसार प्रहरीको भूमिका फरक हुने भन्दै दक्षता र योग्यता अनि अनुभव तिखार्दै मैदानमा उत्रनुपर्ने भनाइ राखे… पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । मुख्यमन्त्री पोखरेलले बिहीबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,… पुरा पढौ

विदेशबाट फर्किएर ड्रागन फ्रुट खेती

पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगारपछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका हुन् । कोरियामा चार वर्ष बिताएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लागेका हुन् । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूलखेती सुरु गरेका छन् ।उनले रु २० लाख लगानीमा केही बाँझो र केही कोदो र… पुरा पढौ

गलकाेटमा २२५ को निःशुल्क आँखा उपचार

गलकोट नगरपालिका–७ मल्ममा बिहीबारदेखि आजसम्म चलेको निःशुल्क आँखा शिविरबाट २२५ जनाले लाभ लिएका छन् । श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्रद्वारा आयोजित शिविरमा ३८ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अन्यले आँखा परीक्षण र उपचार सेवा पाएको केन्द्र व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर थापाले जानकारी दिए । शिविर सञ्चालनका लागि भैरहवामा रहेको श्रीकृष्ण नेत्रालयले प्राविधिक र चिकित्सकीय सेवा उपलब्ध गराएको थियो । नेत्रालयका नेत्र विशेषज्ञ डा सल्मा केसीलगायतको टोलीले आँखाको शल्यक्रिया गरेका थिए । शल्यक्रियामा लाग्ने खर्चका लागि हरिकृष्ण आई केयर फाउण्डेशन र… पुरा पढौ

एक वडा एक हेलिप्याड बागलुङ र पर्वतमा नारा पुग्यो, योजना पुगेन

सरकारले बजेटमै उल्लेख गरेको एक वडा एक हेलिप्याड कार्यक्रम बागलुङ र पर्वतमा नारामै सीमित भएको छ । साबिक धौलागिरिका म्याग्दी र मुस्ताङका सबै वडामा हेलिप्याड बने पनि अञ्चल सदरमुकामसमेत रहेको बागलुङ र पर्वतमा यो कार्यक्रम केही वडामै खुम्चिएको हो । यी दुई जिल्लाका सदरमुकामको कुनै वडामा हेलिप्याड छैनन् ।तत्कालीन केपी शर्मा ओलीको सरकारले राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत वडा–वडामा हेलिप्याड निर्माण गर्ने योजना बनाएको थियो । तर, योजनाले सार्थकता नपाउँदा समस्या भएको जनप्रतिनिधिहरू बताउँछन् । बागलुङ नगरपालिका–२ का वडा सदस्य सुरज बोसेल… पुरा पढौ

ढोरपाटनमा यस वर्षको सिकार खुला, सात नाउर र पाँच झारलको सिकार अनुमति

पर्यटकीय गन्तव्य बागलुङको ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ ।नेपालभन्दा विदेशमा बढी चर्चा हुने आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यसपालि सात नाउर र पाँचवटा झारलको सिकार अनुमति दिएको छ । यहाँ कात्तिक २ देखि मंसिरसम्म सिकार पर्यटन जारी रहनेछ । अनुमति लिएरै सिकार खेल्न पाइने नेपालको एक मात्र आरक्ष ढोरपाटनमा गत वर्ष कोरोनाको कारण विदेशी पर्यटक सिकार खेल्न आएका थिएनन् । आरक्षले एक आर्थिक वर्षमा दुई याम असोज र कात्तिक तथा चैत र… पुरा पढौ

१४औँ महाधिवेशनपछि काँग्रेसमा गुटको अन्त्य : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनपछि नेपाली काँग्रेसमा गुटउपगुटको अन्त्य भएर जाने विश्वास व्यक्त गरे। उनले गुटउपगुटले काँग्रेस कमजोर भएर जाने भन्दै यसको अन्त्य गरी पार्टी एकजुट भएर अगाडि बढ्ने बताए। बागलुङस्थित नेपाली काँग्रेस काठेखोला गाउँपालिका–५ बिहुँले आउँदै गरेको शुभदिपावलीलगायत चाडपर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले काँग्रेसलाई अब गुटको हिसाबले नभएर सिङ्गो काँग्रेसको हिसाबले हेर्न आम कार्यकर्तालाई आग्रह गरे। “हामी १४औँ महाधिवेशनमा छौँ, अहिले शेरबहादुर देउवा पक्ष, रामचन्द्र पक्ष भनिए पनि यो… पुरा पढौ