गण्डकी सेरोफेरो

करेन्ट लागेर बागलुङमा एक जनाको मृत्यु

करेन्ट
बागलुङ, १ मसिर/ बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बागलुङको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा निसीखोला गाउँपालिका–३ काउलेका ६२ वर्षीय भोजविर नेपाली रहेका छन् । गाउँबाट ढुवाखोर जाँदै गरेका नेपालीलाई करेन्ट लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

लमजुङको एक घरमा आगलागी, करिब ३३ लाख रुपैयाँबराबरको क्षति

आगोलागि
लमजुङ, २९ कात्तिक/ लमजुङको राइनास नगरपालिका ८, तार्कुघाटस्थित एक घरमा आगलागी भएको छ । शुकलाल श्रेष्ठको परिवार बस्दै आएको घरमा आगलागी हुँदा ३३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ । विन्दु श्रेष्ठको २ तले कच्ची घरमा शुकलालको परिवार बस्दै आएका थिए । स्थानीयका अनुसार मंगलबार साँझ साढे ६ बजेतिर उक्त घरमा आगलागी भएको हो । आगलागीबाट जस्ताले छाएको घर र घरभित्रका सबै सामान जलेर नष्ट भएका छन् । विद्युत् सर्ट भएर आगलागी भएको देखिएको… पुरा पढौ

लायन्स शितलचौतारीको सहयोग

लायन्स शितलचौतारीको सहयोग
पोखरा, २९ कात्तिक/ लायन्स क्लब अफ पोखरा शितलचौतारीले पर्वतको लाङ्दीमा रहेको लाङ्दी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरेको छ । क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत सो कार्य गरेको अध्यक्ष ललित कुँवरले बताए । उनका अनुसार गाउँको सो विद्यालयमा पढ्ने सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई प्रोत्साहन दिनको लागि लाङ्दीमा सो कार्यक्रम आयोजना गरिएको हो । क्लबले यसअघि कास्कीकै बह्मरुपा माविमा डस्टबिन वितरण,पोखरा रंगशालामा वृक्षरोपण,पोखरा ३२ मा रहेको दुर्गा मन्दिर निर्माणमा पनि सघाएको छ । आवश्यकता पहिचान गर्दै सहयोगको हात फैलाउन क्लबले कन्जुस्याइँ नगर्ने अध्यक्ष कुँवरले… पुरा पढौ

पोखराबाट जोमसोम मोटरसाईकल जादै गरेका पर्यटक दुर्घटना परि मृत्यु

दुर्घटना
पोखरा, २४ कात्तिक/ पोखराबाट बेनीहुँदै जोमसोम तर्फ मोटरसाईकलमा जादै गरेका जर्मन नागरिक म्याट्रेड वि को दुर्घटनामा मृत्यु भएको छ । बेनी–जोमसोम सडक अन्र्तगत पर्ने अन्नपूर्ण गाउँपालिका, ३ काप्रेभीरबाट मोटरसाईकल करिब ८० मिटर तल कालीगण्डकीमा खसेको थियो । चालक सडकदेखी अन्दाजी ६० मिटर तल भीरमा अल्झेका थिए । उद्धारकर्मीले फेला पार्दा म्याट्रेडको मृत्यु भैसकेको प्रहरीले जानकारी दिएको छ । बिहीबार साँझ ७ बजे तिर भएको दुर्घटना भएको थियो । चार जना स्पेनिस र ११ जर्मन गरी १५ जना मोटरसाईकल राईडरहरु बिहीबार… पुरा पढौ

ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

दुर्घटना
बागलुङ, २१ कात्तिक/ बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिका जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी सोमबार राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले भनाई छ । पुरा पढौ

पोखरा– मुग्लिन सडक पहिले भन्दा सुधार, डुम्रे–छिर्कने कालोपत्र शुरु

पोखरा– मुग्लिन सडक
तनहुँ, २० कात्तिक/ पृथ्वी राजमार्गअन्तर्गत पोखरा– मुग्लिन सडक केही सुधार भएको छ । वर्षा याममा भन्दा अहिले केही सुधार भएको सडक भएर पोखरा आउने र पोखराबाट मुग्लिन हुदै अन्यत्र जानेहरु बताएका छन् । वर्षा याममा खाल्डा खुल्डी धेरै नै थिए भने वर्षाका कारण सडक अप्ठेरो थियो काठमाडौंबाट पोखरा आएका जलेश्वर पौडेले भने अहिले धेरै नै खाल्डा कम भएको बताए । उनले बाटो वर्षा यामका भन्दा धेरै नै सुधार भएको रहेछ तर आजभोली सडकमा धुलो उडेर हैरान रहेछ । उनले पहिले… पुरा पढौ

तनहुँमा ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु

दुर्घटना
पोखरा, २० कात्तिक/ तनहुँमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । भीमाद नगरपालिका ६ जलौंदीका ३३ वर्षीय मीनबहादुर सार्कीको ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जनज्योति माविबाट बसपार्क जाँदै गरेको ग १ त ४४४६ नम्बरको ट्याक्टरमा यात्रा गरिरहेका सार्की गुडिरहेको ट्याक्टरबाट खसेका थिए । गम्भीर घाइते उनलाई जीपी कोइराला श्वास प्रश्वास केन्द्रमा उपचारको क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । पुरा पढौ

पोखरा महानगरपालिकाद्धारा भूकम्प प्रभावितका लागि ५० लाख सहायता घोषणा

पोखरा महानगरपालिकाद्धारा भुकम्प प्रभावितका लागि ५० लाख सहायता घोषणा
पोखरा, १९ कात्तिक/ पोखरा महानगरपालिकाले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका लागि रु ५० लाख बराबरको सहायता घोषणा गरेको छ । महानगरका प्रमुख धनराज आचार्यले प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि यस्तो घोषणा गर्नुभएको हो । “जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा भूकम्पका कारण ठुलो जनधनको क्षति पुगेको छ, प्रमुख आचार्यले भन्नुभयो, यो दुःख केवल पीडित र प्रभावित क्षेत्रको मात्र रहेन, यो विपद्ले हामीलाई पनि मर्माहत बनाएको छ, यस घडीमा पोखरा महानगरपालिकाको तर्फबाट राहत, उद्धार र प्रभावितहरूको पुनर्स्थापनाका… पुरा पढौ

खोजी गरिदिन सबैमा अनुरोध

खोजी गरिदिन सबैमा अनुरोध
पोखरा, १४ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर २३ हर्पन निवासी चेतनाथ पौडेल ९ दिनदेखि हराए पछि खोजी गरिदिन परिवारले आग्रह गरेको छ । गहुँगोरो वर्णको, मध्यम शरीर भएको, ग्रिन कलरको ट्रयाक रातो चप्पल माथि टिसर्ट, ३३ वर्षको पौडेल २०८० कात्तिक ६ गते बिहान ५ः०० बजेदेखि सम्पर्कविहिन छन् । पौडेललाई देख्नुहुने वा फेलापानुहुने महानुभावले नजिकको प्रहरी चौकी वा निम्न फोन नम्बरमा सम्पर्क गरिदिनहुन परिवारले आग्रह गरेको छ ।परिवार सम्पर्क नम्बर९८४६०६६०३२ र ९८६०२८८३२५ पुरा पढौ

फिर्केखोलाको खोलाघर भित्र बनेका संरचना हटाउने सम्बन्धी ३५ दिने सूचना

फिर्के खोलाको सिंमाकन खोज्दै पोखरा महानगरपालिका
फिर्केखोलाको खोलाघर भित्र बनेका संरचना हटाउने सम्बन्धी ३५ दिने सूचना पोखरा महानगरपालिका वडा नं १८ को अन्धेरीकुनादेखि वडा नं २, ४, ५, ८, ७, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर भित्र (यस अघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दा भित्र) पर्ने स्थायी तथा अस्थायी संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पुर्णरुपमा हटाउनुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ । उल्लेखित मिति भित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र… पुरा पढौ