मनोरन्जन

पोखरा सडक महोत्सवमा हिट्स अफ नाईन्टिज गुञ्जिने

पोखरा सडक महोत्सवमा हिट्स अफ नाईन्टिज गुञ्जिने
पोखरा, १ पुस/ यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्जिने भएको छ । लेकसाईडको ३ किलोकिलोमिटर क्षेत्रमा हुने महोत्सवको मुख्य आकर्षणको रुपमा रहने लाईभ सांगीतिक कार्यक्रम पोखरा कोमागाने पार्कमा आयोजना हुनेछ । हिट्स अफ नाईन्टिज नाम दिइएको सो कार्यक्रममा ९० को दशकमा उदाएर स्थापित व्याण्डहरुको लाईभ प्रस्तुती रहने आयोजक अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी… पुरा पढौ

शनिबार पोखरामा स्वप्निल शर्माको लाइभ प्रस्तुती

शनिबार पोखरामा स्वप्निल शर्माको लाइभ प्रस्तुती
पोखरा, २४ मंसिर/ शनिबार पोखरामा गायक स्वप्निल शर्माको ब्राण्ड स्वरको लाइभ प्रस्तुती हुने भएको छ । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट बारमा लाइभ प्रस्तुतीको तयारी भएको छ । युवा पुस्ताका माझ गायक स्वप्निल शर्मा चर्चित छन् । स्वप्निलको आवाज, उनको भावनात्मक प्रस्तुति र गहिरो गीतलेखन शैलीले उनलाई नेपाली युवा पुस्ताबीच प्रिय गायकका रुपमा चिनिन्छन् । २००० को दशकबाट उनी गायन क्षेत्रमा संलग्न भए । “हिँड्ने मान्छे लड्छ“, “प्रकृति“, “साथी“, “भूलमा भुल्यो“ जस्ता गीतहरूले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो । यी… पुरा पढौ

‘स्मृतिमा झलकमान र नारायण गोपाल साँझ’

‘स्मृतिमा झलकमान र नारायण गोपाल साँझ’
पोखरा, १९ मंसिर/ रेडियो अन्नपूर्ण ९३‍‍.४ मेगाहर्ज पोखराको रजत वर्षको अवसरमा आयोजित “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” भव्य रुपमा सम्पन्न भएको छ । रेडियोले झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका वडा नम्बर ९ सँग मिलेर संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र कवि, संस्कृतिकर्मी तीर्थ श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए । रेडियोको रजत वर्षको अवसरमा वर्षभरी १२ महिना १२ कार्यक्रम अन्तरगत मंसिर महिनाको कार्यक्रम अन्तरगत नेपाली साँगीतिक क्षेत्रका दुईजना… पुरा पढौ

सबैको मनमा बस्न सफल परान चलचित्रका कान्छा अर्थात महेश त्रिपाठी

सबैको मनमा बस्न सफल परान चलचित्रका कान्छा अर्थात महेश त्रिपाठी
पोखरा, १० मंसिर/ चलचित्र परानले यतीबेला घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरीरहेको छ । परानमा धर्मनाथ नीर शाहका कान्छा छोराको रुपमा अभिनयन गरेका गोपीनाथ अर्थात महेश त्रिपाठी विचका संवादहरुले चलचित्र घरहरुमा आउने दर्शकहरुका आखाँ रसाएका छन् । चलचित्र हेरेर वाहिर निस्केका अधिकांस दर्शकहरुमा परानका परान बनेका महेश अहिले सबैतिर चर्चामा छन् । फरक फरक पात्रमा बाँच्ने महेशलाई परान चलचित्रले जिवनकै ठुलो सफलता दिलाएको छ । हल्कारामा हुलाकीको पात्रमा हुदा अमेरीकाको पुरानो प्रतिष्ठीत अन्तराष्ट्रिय फिल्म फेष्टिबलमा उत्कृष्ठ अभिनेताको अवार्ड प्राप्त गरेका… पुरा पढौ

पोखरामा १४ औँ युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते

पोखरामा १४ औँ युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते
पोखरा, ४ मंसिर/ पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ। क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान नेपाली प्रतिभालाई एउटै मंचमा ल्याएर ‘सिनेमा बिना सीमा’ को उत्सव मनाउने तयारी पूरा भएको आयोजकले जनाएको हो । महोत्सवमा २५ चलचित्र प्रदर्शन हुनेछन् । जसमा १० युरोपेली फिचर फिल्म, ६ बाफ्टा–छानिएका लघु चलचित्र र ९ नेपाली लघु चलचित्र सामेल रहेको युरोपेली संघको नेपाल प्रतिनिधिमण्डल ईईएएसका प्रेस तथा सूचना अधिकारी… पुरा पढौ

विनोद बानियाको ‘यहीँ दुःख गरम्ला…’ सार्वजनिक

विनोद बानियाको ‘यहीँ दुःख गरम्ला सार्वजनिक
पोखरा, २३ कार्तिक/ गीतकार सुरज उपाध्यायको रचना र गायक विनोद बानियाको स्वरमा रहेको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार प्रतिष्ठानद्वारा पोखरामा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् । गीतमा सङ्गीत पनि गायक बानियाकै रहेको छ । विदेश जाने क्रम बढिरहेको अवस्थामा स्वदेशमै दुःख गरेर भए पनि बाँच्नुपर्ने भाव समेटिएको गीतले नयाँ पुस्तालाई विदेश जानबाट किन रोक्न सकिएन भन्ने प्रश्न उठाएको छ । गीतकार… पुरा पढौ

“मायामा मायामा” गीत सार्वजनिक – पोखराबाट बनेको प्रेमिल कथा

“मायामा मायामा” गीत सार्वजनिक - पोखराबाट बनेको प्रेमिल कथा
पोखरा, १६ कात्तिक/ डा जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । प्रेमिल भावनामा आधारित यस गीतका गीतकार जसपाल पाख्रिन तामाङ र अनिता पौडेल हुन् भने संगीत सन्तोष बस्यालले दिएका छन् । गीतमा सुबिन सेन्चुरीको संगीत संयोजन र नेत्र गुरुङको निर्देशन रहेको म्युजिक भिडियोलाई उच्च स्तरको सिनेमेटिक ढंगमा प्रस्तुत गरिएको छ । भिडियोमा कलाकार सुशन पाख्रिन तामाङ र बीनु मगरले अभिनय गरेका छन्… पुरा पढौ

बाझापाटन सांगीतिक फेस्ट हुने

बाझापाटन सांगीतिक फेस्ट हुने
पोखरा, १२ कात्तिक/ बाझापाटन १३ (बि१३) को आयोजनामा पोखरामा म्युजिकल फेस्ट २०२५ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ बाझापाटनमा आगामी बुधबार उक्त फेष्ट हुने भएको हो । खेलकुद र सामाजिक कार्यमा क्रियाशिल बाझापाटन क्लबको आयोजना तथा सत्य युवा क्लबको प्रस्तुतिमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको बि १३ का अध्यक्ष हितमान गुरुङले जानकारी दिए । कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यमा खर्च गर्ने उनले जानकारी दिए । उनका अनुसार सांगीतिक साँझमा दि लोकल्स, ड्रिर्मज, शैलु राई लगायतको प्रस्तुती रहनेछ… पुरा पढौ

‘जेरी अन टप’ चलचित्रको क्यानडा वितरणको अधिकार पोखराको प्रचारलाई

‘जेरी अन टप’ चलचित्रको क्यानडा वितरणको अधिकार पोखराको प्रचारलाई
पोखरा, ७ कात्तिक/ विदेशमा नेपाली चलचित्र प्रदर्शन र विभिन्न इभेन्ट आयोजना गर्दै आएको प्रचारले नेपालमा प्रदर्शन भइरहेको चलचित्र जेरी अन टपको क्यानडा वितरणको अधिकार पाएको छ । प्रचार नेपाल प्रालिका संचालक आशिष पुरी र चलचित्रका निर्माता विवेक थापाले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दर्शकको मागबमोजिम क्यानडामा उक्त चलचित्रको वितरण अधिकार किनिएको प्रचारका संचालक पुरीले बताए । उनले क्यानडामा बुकिङ खुला भइसकेको जानकारी दिए । प्रचारले यसअघि क्यानडामा पूर्णबहादुरको सारंगी, तेल भिसा, छक्का पञ्जा ५ र ह्रस्व दीर्घ जस्ता… पुरा पढौ

अल्बाट्रोस ब्याण्डले पोखराको प्याराडिसो प्रस्तुती दिदै

अल्बाट्रोस ब्याण्डले पोखराको प्याराडिसो प्रस्तुती दिदै
पोखरा, १८ असोज/ युवाहरुमाझ चर्चित रक व्याण्ड अल्बाट्रोसले पोखरामा प्रस्तुती दिदै छ । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोट्र्स बार एन्ड ग्रिलमा असोज १८ गते साँझ लाइभ कन्सर्ट हुदैछ । मध्यरातसम्म चल्ने कार्यक्रमको टिकट अग्रिम बुकिङका १२ सय ९९ र डोरसेलमा १४ सय ९९ रुपैया रहेको प्याराडिसो स्पोट्र्स बार एन्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन सकिने बताए । उनले अग्रिम टेबल बुकिङ समेत गर्न सकिने बताए । ‘अल्बाट्रोस निकै चर्चित व्याण्ड… पुरा पढौ