अर्थतन्त्र

पोखरा महोत्सवको हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल

पोखरा महोत्सवको हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल
पोखरा, ६ पुस/ तेहौं संस्करणको पोखरा महोत्सवमा अमरसिंहचोकमा रहेको होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी पार्टनरमा रहेर साथ दिने भएको छ । युनाईटेड क्लबको आयोजनामा पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवमा होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी पार्टनरमा रहेर साथ दिने भएको हो । महोत्सव आयोजक युनाईटेड क्लब र होटल टास्क इन्टरनेश्नलका प्रतिनिधी बिच पोखरा महोत्सवलाई सहयोग गर्ने गरी सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै होटल टास्क इन्टरनेश्नलका सञ्चालक मीन गुरुङले… पुरा पढौ

पोखरामा फुजी ब्राण्डका एलिभेटर (लिफ्ट) उपलब्ध

पोखरामा फुजी ब्राण्डका एलिभेटर (लिफ्ट) उपलब्ध
पोखरा, ३ पुस/ पर्यटकीय शहर पोखराबाट जापानिज प्रविधिको फुजी ब्राण्डको एलिभेटर (लिफ्ट) बिक्री बितरण हुने भएको छ । जापानिज प्रविधि र चीनमा कोलाब्रेट गरिएको फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरका लागि पोखरामा एलिभेटर टेक नेपाल पोखराले पोखराको चाउथेबाट बिक्री शुरु गरेको हो । फुजी ब्राण्डको एलिभेटर र एक्सेलेटरको लागि नेपालको आधिकारीक बिक्रेता एलिभेटर टेक नेपालको शुरुवात गर्दै मणिपाल शिक्षण अस्पतालका सञ्चालक आनन्द बतासले नेपालमा एलिभेटर खरिद गर्दा विभिन्न समस्याहरु उत्पन्न भरहदा फुजी ब्राण्डले पोखरामानै नेपालको लागि आधिकारीक डिलर सञ्चालन गरेकोमा खुसी… पुरा पढौ

पोखरा महोत्सवको प्रयोजकमा स्टारसिड टेक्नोलोजीस

पोखरा महोत्सवको प्रयोजकमा स्टारसिड टेक्नोलोजीस
पोखरा, १ पुस/ पोखरा महोत्सव र स्टारसिड टेक्नोलोजिस प्रालि बीच सहकार्य हुने भएको छ । भारत र चिनबाट बिजुलीका सामाग्री आयात गरी नेपालमै एसेम्बल गर्दै आइरहेको स्टारसिड प्रालि र पोखरा महोत्सव आयोजक युनाईटेड क्लब पोखरा वीच पोखरा महोत्सवलाई सहयोग गर्ने गरी सम्झौता भएको हो । स्टारसिड टेक्नोलोजिस प्रालिका प्रवन्ध निर्देशक चन्द्र बहादुर थापा र पोखरा महोत्सव आयोजक युनाईटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापा बीच १३ औं पोखरा महोत्सवमा एक अर्काबीच सहकार्य गर्ने गरी सम्झौता भएको हो । सम्झौता पत्रमा… पुरा पढौ

पेट्रोलको मूल्य बढ्यो, डिजल र मट्टीतेलको घट्यो (पोखरामा कति)

पोखरा, ३० मंसिर /नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजल र मट्टीतेलको मूल्य भने घटाइएको छ । निगमको बैठकले पेट्रोलमा २ रुपैयाँ बढाइएको छ भने डिजल र मट्टीतेलमा २ रुपैयाँ घटाइएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् छ । काठमाडौं, पोखरा र दिपायल डिपो अन्तर्गतका पम्पमा पेट्रोलको मूल्य १६२ रुपैयाँ पर्नेछ भने डिजल र मट्टीतेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ । त्यसै गरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र… पुरा पढौ

प्रकृतिप्रेमी पर्यटकलाई लक्षित गर्दै पोखरामा बसुन्धरा रिसोर्ट सञ्चालनमा

प्रकृतिप्रेमी पर्यटकलाई लक्षित गर्दै पोखरामा बसुन्धरा रिसोर्ट सञ्चालनमा
पोखरा, २७ मंसिर/ लटरम्म फलेका रुद्राक्षको बोट, आफ्नैं हातले टिपेका अम्बा र एभोकार्डोको स्वाद । रंगिचंगि फुलहरु, चराचुरुड्गीका आवाज । प्रकृतिप्रेमी पर्यटकलाई लक्षित गर्दै पर्यटकिय राजधानी पोखराको लेकसाइडमा शुरु बसुन्धरा रिसोर्ट भित्रको वातावरण हो यो । बिहीबार शुभ साइतमा पञ्चकन्याले रिसोर्टको उद्घाटन गरे । रिसोर्टभित्र महत्वपूर्ण आयुर्वेदिक बोटहरु अमला, बेलपत्र, तुलसी लगायत सुसज्जीत छन् । त्यसैगरि एभोकार्डो, लिच्चि, आँप, रुखकटहर लगायतका फुलफुल बगैंचा यहाँको अर्को आकर्षण हो । एसी, टिभि जडित, उज्जालो, पारिलो, फराकिलो सफा सुविधायुक्त कोठाहरु, कोठाबाट देखिने हरियाली… पुरा पढौ

पोखराको पर्यटन प्रवद्र्धन गर्न टेवानको टोली चितवन तिर

पोखराको पर्यटन प्रवद्र्धन गर्न टेवानको टोली चितवनतिर
पोखरा, २४ मंसिर/ पर्यटन प्रवद्र्धनका लागि पोखराका पर्यटन व्यवसायी महिलाहरु सक्रिय हुँदै आएका छन् । यसैक्रममा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को टोली ‘पर्यटन प्रवद्र्धन तथा अन्तरक्रिया कार्यक्रम’ लिएर चितवनतर्फ लागेको छ । संस्था स्थापनाको ७ वर्ष पूरा भएको अवसरमा टेवान अध्यक्ष कमला गिरीको नेतृत्वमा रहेको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । दुईदिने भ्रमणका अवसरमा चितवनस्थित पर्यटनसम्बद्ध संघसंस्थासँग सौराहा थकाली किचन एण्ड होटल सूर्योदयमा पोखरा र चिवतनको पर्यटन प्रवद्र्धनबारे अन्तरक्रिया तय गरिएको छ । साथै टोलीले भ्रमणका क्रममा… पुरा पढौ

बुध्दले थप्यो १९ औं एटीआर जहाज

बुध्द एयर
पोखरा, २१ मंसिर/ बुध्द एयरले शुक्रबार १९ औं एटिआर जहाज भित्र्याएको छ । नयाँ आएको जहाज एटिआर–७२ हो। यससँगै एटिआर–७२ जहाजको संख्या १६ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याईने बुध्द एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । बुध्द एयरले कल साईन ढल्(ब्इन् जहाज फ्रान्सको एटिआर कम्पनी, तुलुसबाट भित्र्याएको छ । बुध्द एयरसँग ३ वटा एटीआर–४२–३२० र १६ वटा एटिआर–७२–५०० जहाजहरु रहेका छन् । बुध्द एयरले केही समय अगाडी मात्रै एउटा एटिआर–४२–३२० जहाजलाई… पुरा पढौ

२६ औं पोखरा सडक महोत्सवको तयारी शुरु

२६ औं पोखरा सडक महोत्सवको तयारी शुरु
पोखरा, १९ मंसिर/ ‘सडकमै खाउँ,सडकमै रमाउँ, सडकमै नाचौँ¨ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सवको आयोजना गर्दै आएको रेवान पोखरा यतिबेला २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ । यसपटकको सडक महोत्सव सफल पार्न आयोजकले आफ्नै संस्थामा आबद्ध रेस्टुरेन्टका सञ्चालकहरूसँग सल्लाह सुझाव लिँदै महोत्सवको तयारी थालनी गरेको छ । रेवान पोखराले बुधबार संस्थामा आबद्ध सदस्य तथा पोखरा सडक महोत्सवका मुख्य प्रायोजक, सह प्रायोजक एवं सहयोगीहरूसँग अन्तरक्रियात्मक छलफल सम्पन्न गरेको हो । छलफलमा सहभागीहरूले पोखरा सडक महोत्सव नेपालकै… पुरा पढौ

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई सिजीको फास्ट चार्जर

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई सिजीको फास्ट चार्जर
पोखरा, १९ मंसिर /नेपालमा विद्युतीय गाडी आयात गरी बजार बिस्तार गरिरहेको सिजी मोटर्स र टिटि ग्लोबलले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीलाई फास्ट चार्जर हस्तान्तरण प्रदान गरेको छ । सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिमा आयोजित कार्यक्रममा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीलाई चार्जर हस्तान्तरण गरे । कम्पनीको कार्यालय परिसर फिर्केमा चार्जिङ स्टेसन स्थापना गरिने छ । चार्जर मार्फत विद्युतिय सवारी ३० मिनेट भित्रमा फुल चार्ज हुने भएकाले चार्जिङ स्टेसन विस्तार भएपछि विद्युतीय गाडी… पुरा पढौ

२० औं लेखनाथ महोत्सव तेस्रो साता देखी

२० औं लेखनाथ महोत्सव तेस्रो साता देखी
लेखनाथ, १७ मंसिर/ हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघले पुस १८ गतेदेखि २० औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । पहिलो चरणमा तयारीका बारेमा जानकारी दिने उद्देश्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको १८ गते देखि माघ १ गते सम्म पोखरा २७ को तालचोकमा २० औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराइएको हो । कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला… पुरा पढौ