विचार/ब्लग

नेपालमा रेडियो इतिहास (विश्व रेडियो दिवसको अवसरमा)

रेडियो नेपाल रहेको पुरानो भवन
सुनिल उलक पोखरा, १ फागुन/ केही दशक पहिले सम्म सामाजिक रूपले सम्पन्नता प्रस्तुत गर्ने रेडियो आज आमरूपमा भनौ भने हराउदै गएको छ । अझ मोवाइलको ब्यापकताले गर्दा ब्यक्तिको साथमा रहने घडी समेत हराएको छ । केही रूपमा अचेल ब्यापक रूपले ब्यापारिक प्रबेश पाएको एफएफ स्टेशनहरूले रेडियोको महत्वलाई कायम राख्न मद्दत गरेको छ । अंग्रेज सरकारले इन्डियन ब्रोडकास्टिङ कम्पनीलाई अनुमति दिए पछि १९८४ को सावन ८ मा बम्बैबाट र भदौ १० मा कलकत्ताबाट प्रसारण शुरू भएपछि नै नेपालमा पनि रेडियोको प्रबेशको… पुरा पढौ

नेपालमा ट्राफिक प्रहरीको इतिहास

सुनिल उलक २०१६ सालमा खिचिएको यो तस्विरमा दुइ कुरालाई देख्न सक्छौ । पहिलो फिल्मको प्रचार दोश्रो त्यो बेलाको ट्राफिक प्रहरी । फिल्मको प्रचार भारतीय फिल्मको भएको हुँदा यसको खासै चर्चा गर्न चाहन्न । तर संक्षिप्तमा भन्नुपर्दा प्रदिप कुमार तथा माला सिन्हाको हिन्दी फिल्म डिटेक्टिभको पोष्टर हो यो । बि.सं. २०१४ को पुस १८ गते भारतमा रिलिज भएको यो फिल्म करिव २० महिना पछि बल्ल नेपालको सिनेमा हलमा चलेको रहेछ । जुन यहाँ राखिएको पोष्टरमा लेखिएको भाद्र १२ गते शुक्रवारबाट चल्दैछ… पुरा पढौ

आज शहिद दिवस

शुक्रराज शास्त्री जोशी, धर्मभक्त श्रेष्ठ माथेमा, दशरथ चन्द ठकुरी, गङ्गालाल श्रेष्ठको तस्बिर अंकित हुलाक टिकट । सुनिल उलक कलेक्सनबाट
सुनिल उलकआजबाट शहिद दिवस । १०४ वर्ष लामो राणाशासनबाट उन्मुक्तिका लागि आन्दोलनमा होमिएका सपुतहरुलाई तत्कालीन श्री ३ जुद्धशम्शेरले मृत्युु दण्डको सजाय दिएको हुँदा प्रत्येक वर्ष माघ १० देखि १६ गतेलाई सहिद सप्ताहका रुपमा श्रद्धाञ्जली दिने गरिन्छ । १९९४ जेठमा महावीर स्कुलको स्थापना भएको थियो र केही शिक्षकहरु पूर्णबहादुर, टंकविलास, गङ्गालाल, बाक्पतिराज, ईन्द्रप्रसाद, सिद्धिचरण, सूर्यबहादर भारद्वाजले पढाउन थालेका थिए । यता नेपाल प्रजा परिषदको पनि स्थापना भइसकेको थियो । यस्तैमा १९९७ कार्तिक २ गते महावीर स्कुलका शिक्षकहरु समातिए । उता नेपाल… पुरा पढौ

बुढो भएपछि बल्ल श्री ३ भीमशमशेर

श्री ३ भीमशमशेर
श्री ३ बन्ने प्रतिक्षा गर्दा गर्दै २८ वर्षसम्म लगातार कमाण्डिङ अफिसर पदमा रहेका भीमशम्शेर अन्तत आफू भन्दा मात्र दुइ वर्षले जेठा श्री ३ चन्द्रशम्शेरको ६७ वर्षको उमेरमा देहान्त भए पछि ६५ वर्षको बुढो उमेरमा बिसं १९८६ मंसिर १० गते श्री ३ बन्ने सौभाग्य पाएका थिए । राणा श्री ३ हरुमा सम्भवत सबैभन्दा बढि उमेरमा श्री ३ हुने नै भीमशम्शेर जङ्गबहादुर राणा नै थिए । नेपालको इतिहासमा नै हेर्ने हो भने गिरिजा प्रसाद कोइराला सबैभन्दा बढी उमेरमा प्रधानमन्त्री हुनेमा पर्दछ ।मुश्किलले… पुरा पढौ

प्रकृतिमैत्री पूर्वाधार

यो सालको मनसुनी वर्षा सुरु हुनासाथ सिन्धुपाल्चोकको मेलम्ची बजार बगायो । त्यसको दुई हप्तापछि पुनः मेलम्ची र इन्द्रावतीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको इन्टेक साइटलाई थप पाँच मिटर बाक्लो गेग्रानले पुरिदियो । अघिल्लो बाढीले नै १० मिटर पुरेको भनिएको थियो । मेलम्चीको प्रायः सबै बगरमा १०–१५ मिटर बाक्लो गेग्रान थुप्रियो र खोला बजारतिर पस्यो । मेलम्ची किनारका सयौँ रोपनी खेतीयोग्य जमिन र गाउँघरमा व्यापक क्षति पुग्यो । मनसुन सकिनै लाग्दा (भाद्र २० गते राति) काठमाडौँ उपत्यकामा परेको ‘आरिघोप्टे वर्षा’ ले… पुरा पढौ

नेपाली कांग्रेसको चौधौ महाधिवेशन, नागरिक र देशको अपेक्षा

राजनैतिक पार्टीहरू मध्ये मुलुकको सबैभन्दा पुरानो र प्रजातान्त्रिक प्रणालीलाई आफ्नो प्राण मान्ने दल, मुलुकको हरेक प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गरेको र मुलुकलाई अगाडि बढाउने महत्त्वपूर्ण जिम्मेवारी लिएको नेपाली काँग्रेसले गर्ने आन्तरिक लोकतान्त्रिक अभ्यासले राष्ट्रिय राजनीतिमा छुटै महत्त्व राख्छ । पार्टीले विभिन्न बाधा अड्चन र कोभिड-१९ को महामारीको बिचमा पनि नेपाली काँग्रेसले आफ्नो चौधौँ नियमित महाधिवेशन सम्पन्न गरी व्यवहारमै लोकतन्त्र आत्मसात् गर्ने दलका रूपमा आफूलाई उभ्याउदैछ । राजनैतिक पार्टी सम्बन्धी कानुन एवम् नियमावलीको कारण महाधिवेशन गर्नुपर्ने बाध्यतालाई समेत पुरा गर्दै यही २०७८… पुरा पढौ

किन मौलाउँदै छ हनी ट्रयापिङ ?

२१अैाँ शताव्दिको यो युगमा अपराधका नयाँ नयाँ शैली जन्मिरहेका छन। अपराधका ठ्याक्कै यति शैली वा किसिम छन भनेर निर्क्यौल गर्न सक्ने अवस्था छैन। यस्तै अपराधको नयाँ शैली मध्येको एउटा शैली हो “हनि ट्रयापिङ” । सुन्दर युवतिले माया प्रेमको नाटक गरि आफ्नो शारीरिक सौर्न्दर्यको बलमा यौनजन्य कार्यको लालच देखाई एकान्तमा बोलाएर पुरुषलाई लुटपाट गर्ने अपराधको नयाँ शैलीलाई हनि ट्रयापिङ भनिन्छ। यसमा युवतिले युवकलाई मायाको भाव देखाउदै पुरुषलाई आफ्नै नजिकको भएको अनुभव गराउछे। यसरि नजिक बनेको पुरुषलाई एकान्तमा बोलाउने , अश्लील हर्कत… पुरा पढौ

पिर्के लोकतन्त्र र सार्वभौम जनता

चुनावको सन्दर्भमा एउटा भनाई छ “चुनाव अगाडि उमेद्द्वार मतदाताको चरणमा र चुनाव पछी मतदाता चुनाव बिजेताको चरणमा”। नेपालको केही औलामा गन्न सकिने नेताहरु बाहेक स्थानिय खुद्रे पिर्के नेता देखि आफुलाई आठारौ सताप्दीको बादशाहको कोटिमा राख्ने नेताहरुको व्यबहारिक हालत यस्तै छ। अनेक जालसाझी गरेर एकपट्क कुनै पद हात पर्‍यो भने पाच बर्ष सम्म आफुले अंसमा पाएको पुर्ख्यौली सम्पत्ति, दाईजो बकसमा पाएको उपहार वा लुटको लागि पाएको लाईसेन्स ठान्ने प्रबृती ह्वात्तै बढेको छ। उता मतदातहरु कि उनिहरुकै भक्तिभाव र चाकडी गरी अनुग्रह… पुरा पढौ