
पुरुष ह्याण्डबलमा गण्डकीलाई पहिलो स्वर्ण
पोखरा, २९ असोज/ गण्डकी प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ । पुरुष ह्याण्बलमा गण्डकी प्रदेशले आर्मीलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा गण्डकीले आर्मीलाई ४३–३६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो ।
तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशलाई ३५–१३ स्कोरमा पराजित गर्दै कास्य पदक जितेको छ ।
महिला तर्फ त्रिभुवन आर्मीले उपाधि जितेको छ । शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डमा भएको फाईनल प्रतिस्पर्धामा सशस्त्र प्रहरीलाई १७–१६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेको हो ।
खेल सकिन दुई मिनेट बाँकी छदाँ १५–१६ स्थितिमा पछि परेको आर्मीले दुईमिनेटमा दुई गोल गर्दै स्वर्ण पक्का गरयो ।
पहिलो हाफमा ९–८ गोलले मात्रै अग्रता लिएको आर्मी १४–१४ स्कोरमा निकै रोचक प्रतिस्पर्धा भएको थियो । एक गोलले पछि रहँदै आएको सशस्त्रले १६–१४ को स्थितिमा अग्रता समेत लिएको थियो । तर अग्रतालाई जोगाउन नसक्दा अन्तिम समयमा १७–१६ को स्कोरमा गुमाउँदै सशस्त्र प्रहरीले रजत पदकमा खुम्चिन पुग्यो ।
महिला तर्फको तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा गण्डकीले प्रदेश नं १ लाई पराजित गर्दै कास्य पदक जित्यो । गण्डकीले २२–७ स्कोरमा पराजित गर्दै कास्य पदकमा चिक्त बुझाएको छ ।





