
पशुपति शर्मा
पोखरा, २१ साउन/ लोक दोहोरी गायक पशुपति शर्मा सवार कार स्याङजामा दुर्घटनामा परेको छ ।
पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार सिद्दार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा चार जना घाइते भएका छन् । गायक शर्माको देब्रे हातमा चोट लागेको छ । कारमा सवार अन्य सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।
शर्मा सगै कारमा लोकगायकहरु शिव हमाल, घनश्याम रिजाल र गायिका कमला गैरे सवार थिए । गायक शर्मा सांगीतिक कार्यक्रमको शिलशिलामा स्याङ्जा जादै थिए ।





