स्याङ्जामा बाढि र पहिरोमा परी १४ जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     श्रावण १५ गते २०८१ मा प्रकाशित


स्याङ्जामा पहिरोले घर बगाउदा आमा छोरीको मृत्यु

पहिरो

स्याङ्जा, १५ साउन/ यस वर्षको पछिल्लो मनसुनपछि आएको अविरल वर्षाले स्याङ्जामा हालसम्म १४ जनाको मृत्यु भएको छ । १४ जनाको मृत्युसँगै बाढि तथा पहिरोमा परी ९ जना घाईते भएका छन् । उद्धार र उपचारपछि घाईतेहरु घर फर्किएका छन् ।

मृत्यु हुनेमा पुतलीबजार नगरपालिकाका ४, बिरुवा गाउँपालिकामा ३, फेदिखोला गाउँपालिकाका २, अर्जुनचौपारी गाउँपालिकामा २ जना, भिरकोट नगरपालिकामा २ जना, र आँधीखोला गाउँपालिकामा १ जनाको मृत्यु भएको हो । जिल्लाका ११ पालिका मध्ये अन्य पालिकामा भने मानविय क्षति भएको छैन् ।

त्यस्तै अविरल बर्षाका कारण ५४ पशुचौपायाको मृत्यु भएको छ । जिल्लामा ३ सय ९२ घर खोजिममा रहेका छन् भने १५ घर पुर्ण रूपमा क्षति भएको जिल्लास्थित विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार ८३ गोठ जोखिममा रहेका छन् ।

मानवी क्षति भएमा संघीय सरकारले दिने प्रतिव्यक्ति दुई लाख र प्रदेश सरकारले दिने ५० हजार राहत रकम प्रभावित परिवारलाई प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गरिएको छ । राहत रकम प्रभावित परिवारको घरमै पुगेर प्रजिअ सुनिता नेपालले हस्तान्तरण गरेकी हुन् ।

उता नेपाली काङ्ग्रेका उपसभापति एवं पुर्वमन्त्री धनराज गुरुङ्ले जिल्लामा भएको क्षतिको अवलोकन गरेपछि प्रभावित परिवारलाई राहत स्वरुप १०÷१० हजार रुपैयाँ ब्यक्तिगत रुपमा सहयोग गरेका छन् ।

अविरल बर्षाले बिरुवा गाउँपालिका ६ लामाखेतमा आएको पहिरोमा पुरिएर ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएपछि अभिभावक बिहिन भएका १४ बर्षका रोशन शर्मालाई पुर्वमन्त्री गुरुङले १२ कक्षासम्म निःशुल्क पढाउने प्रतिबद्धता समेत जनाएका छन् ।

अविरण वर्षापछि आएको बाढि र पहिरोले जिल्लाका हजारौ हेक्टर खेतियोग्य जमिन सखाप भएको छ । दुई दर्जन ग्रामिण सडक क्षतविक्षत भएका छन् भने कुलो तथा नहरसँगै अन्य भौतिक संरचनामा करोडौ मुल्य बराबरको क्षति पुगेको छ ।