पोखरामा होलीमा रमाए विदेशी पर्यटक
सागर राज तिमिल्सिना
पोखरा, ११ चैत/ होली पर्वका अवसरमा पोखरा आएका विदेशी पर्यटकले पोखरेलीसँगै होलीमा रमाएका छन् । एक आपसमा रंगले शुभकामना साट्दै रंगहरुको पर्व होलीमा रमाए ।
रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखरा लगाएतका संघ सस्थाले आयोजना गरेको कार्यक्रममा विदेशीहरु मज्जाले रमाए । होलिको अवसरमा लेकसाइडमा विशेष कार्यक्रम नै आयोजना हुदै आएको छ । नाचगान र रंगले छ्यापाछ्याप गर्दै लेकसाईड परिक्रमा गर्दा विदेशी पर्यटकहरु निकै रमाएका देखिन्थे ।
पर्यटकी राजधानी पोखरामा मौषम अनुसारका सांस्कृतीक कार्यक्रमा पर्यटन सगँ सम्बन्धीत संघ संस्थाले आयोजना गर्दै आएका छन् । फागुपुर्णिमा अर्थात होली पर्वको अवसरमा पोखरामा विदेशीहरु रमाए । होली पर्वमा विदेशी पर्यटकहरु आपसमा रंगहरु दलेर होली मनाउँदा पर्यटकहरुको अनुहार रंगीचंगी बन्यो । पर्यटकहरुलाई चिन्न समेत मुस्किल समेत भएको थियो । होलीमा रमाउन पाउदा पर्यटकहरुले खुसी थिए ।
आन्तरीक एवं बाह्य पर्यटक प्रबद्र्धन गर्ने उद्देश्यका पर्यटन व्यावसायीले होली महोत्सवको आयोजना गर्दै आएका छन् । होली विशेष कार्यक्रमले पर्यटकीय क्षेत्र लेकसाइडमा आउने पर्यटकहरु रमाउने गरेको व्यवासायीहरु बताउ छन् । होलीमा पोखरामा कार्यक्रहरु हुनथाले पछि पोखरा पर्यटकको आक्रर्षण साथै इभेन्ट गर्ने स्थलका रुपमा समेत विकसीत भएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए ।
होलीमा बाँजा नाच्दै हिडेका पर्यटक रंगले चिन्नै नसक्ने भएका थिए । कार्यक्रममा विदेशी पर्यटकहरु र नेपालीहरु एकआपसमा विभिन्न रंगहरु एकआपसमा दल्दै होली सँग रंगिएका थिए । पर्यटन ब्यवसायीसँग मात्र हैन पर्यटकहरु बाल बच्चाहरु सँग औधी खुशी भएर रंग दल्ने लोला हान्न व्यस्त देखिन्थे । पर्यटकको बढी चहलपहल हुने लेकसाइड क्षेत्र नै होलीको बेलामा मुख्य आकर्षणको केन्द्रविन्दु बने गरेको छ ।