
भ्यालेन्टाइन्स डे मा प्याराडिसोमा सविन राईको विशेष साङगितिक साँझ
पोखरा, १ फागुन/ प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डेको अवसरमा पोखराको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले विषेश कार्यक्रमको आयोजना गरेको छ । नेपाल सहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाउने गरिन्छ ।
हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव साटासाट गरी प्रणय दिवस मनाउने चलन । नेपालका ठुला सहर र युवा पुस्ताले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने प्रचलन बढ्दै गएको छ ।
सोही अवसरमा प्याराडिसोले गायक सविन राईको विशेष साङगितिक साझँको आयोजना गरेको बारका म्यानेजर हरी पौडेलले बताए । बुधबार साँझ सविन राई र उनको ब्याण्ड ‘द फेरोह’ले युवा युवती सँग प्रेम दिवसको शुभकामना साँटा साँट गर्ने छन् । सबिन राई निकै लोकप्रिय गायक तथा गीतकार हुन् ।
उनका तिमि नै हौ, म संसार जित्ने, दिन र रात, मलाई अंगालिदेउ, जाउकी बसु, कोमल त्यो तिम्रो, सधै तिमि मेरो लागयतका गीतहरु चर्चित छन् । उनलाई स्टेज प्रस्तुतीहरु निकै रोचक हुने गर्दछन् । उनले सन् १९९२ बाट नेपाली सांगितक दुनियामा आएका हुन् । प्रबेशका लागि एक हजार र जोडिले १ हजार ५ सय प्रबेश टिकट रहेको उनले बताए ।
‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण जोडएको पौडेलले बताए । पोखरा आएका धेरै पर्यटकलाई क्रिसमको अवसरमा मनोरञ्जन दिन उद्देश्यले कार्यक्रमको आयोजना गरेको उनले बताए । बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्दै साङगितिक रमाइलो लिन पाइने उनले बताए ।
उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ । उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने उल्लेख गरे ।