
सरकार र सिनेमाः हिजो, आज र भोलि ।
सागर राज तिमिल्सिना
पोखरा, ८ माघ /चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डमा सोचे जस्तो काम गर्न नसकेको बताएका छन् । कास्कीको सिक्लेसमा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको सिनेमा संवाद कार्यक्रममा ‘सिनेमा र सरकार’ शिर्षकमा छलफल उनले सञ्चार मन्त्रालय भित्र विकास बोर्ड हराएको बताए ।
सञ्चार मन्त्रालय हराएको कारण विकास बोर्डले अपेक्षा अनुसार काम गर्न नसकेको बताए । उनले चलचित्र विकास बोर्ड २०२६ सालको ऐनमा चलिरहेको कारण समस्या भएको बताए ।
ब्याक एण्ड ह्वाइड फिल्म बन्ने बेलाको ऐनले अहिले कलर युगमा काम गर्न कठिन भएको बताए । तर पनि ऐन अहिलेसम्म पास हुन नसकेको उनको भनाई छ । जबसम्म चलचित्र विकास बोर्ड स्वायत्त हुँदैन, संचारमन्त्रालयको अण्डरमा रहन्छ तबसम्म चलचित्र क्षेत्रको विकास हुन नसक्ने उनको भनाई छ ।
नयाँ ऐन पास गर्ने लक्ष्यका साथ आफू बोर्डमा गएको भएपनि अहिलेसम्म ऐन पास हुन नसकेको बताए । उनले चलचित्र विकास बोर्ड स्वायत्त संस्था हुनुपर्ने बताए ।
सोही कार्यक्रममा निर्देशक तथा कलाकार दीपाश्री निरौलाले सरकारले नेपाली चलचित्रलाई प्राथमिकतामा नराखेको गुनासो गरिन् । सरकारले सिनेमाको रमाइलोको लागि मात्र बनाइएको ठान्ने गरेको उनको गुनासो छ । सरकारले तालिम लगायतका कार्यक्रम आयोजना गरिदिनुपर्नेमा उनको जोड थियो ।
निर्माता तथा निर्देशक आकाश अधिकारीले नेपाली चलचित्रको विकासको लागि नीति ऐन र कानूनमा स्पष्ट उल्लेख नहुँदा समस्या भएको बताए । चलचित्र क्षेत्रले कर तिर्दैन भनेर भेदभाव गर्ने गरेको अनुभव उनको थियो । सरकारले चलचित्र क्षेत्रको माध्यमबाट देशको कला संस्कृति देश तथा विदेशमा प्रचारप्रसार जान्छ भनेर नसोच्दा समस्या भएको बताए । संवाद कार्यक्रमको सहजीकरण स्थापित चलचित्र पत्रकार प्रकाश सुवेदीले गरेका थिए ।
सिनेमाको स्वाद ः हिजो, आज र भोलि
नेपाली सिनेमा हस्पिटलमा खाने खानाको स्वाद जस्तो हुन थालेको निर्देशक मनोज पण्डितले बताएका छन् । कास्कीको सिस्लेसमा सिनेमाको स्वादः हिजो, आज र भोलि विषयमा छलफल गर्दै ‘स्वादको कुरा गर्दा, खानाको सम्बन्ध हाम्रो इन्द्रियसँग सम्बन्ध राख्छ, सिनेमाले दर्शकसँग सम्बन्ध राख्छ ।’ उनले भने ‘सिनमा बौद्धिक उत्पादन हो । तर, यसको एक मान्यता मनोरञ्जन दिनु हो ।’
उनले २०६२/६३ को आन्दोलनपछि नेपाली सिनेमाले बौद्धिकतामा फड्को मारेको बताए । नेपाली सिनेमाका स्वाद पछिल्लो समय बिलिनो भएको बताए । अहिलेका सिनेमा हस्पिटलमा खाने खानाको स्वाद जस्तो भाको छन् ।

कलाकार तथा निर्देशक अनुप बरालले फिल्म भन्ने एक शैली भएको भन्दै अहिले त्यो शैली नै गायव भएको बताए । अहिले छरिएर बसेको र त्यसलाई एक ठाउँमा ल्याउन नसकिएको उनको भनाई छ । उनले सिनेमा चेतना भएका भन्दै प्रविधिमा धेरै परिवर्तन आइसकेको बताए । उनले सिनेमाले आर्थिक, राजनीति, सामाजिक क्षेत्रले पनि महत्व राख्ने बताए ।
कलाकार दीया मास्केले सुटिङमा असुविधाले कम समयमा सकाउनुपर्ने समस्या झन् बढ्दै गएको उनले बताइन् । कतिपय चलचित्रमा कप्रोमाइज गरेर झन् राम्रो हुने सिनेमा औषत राम्रो बनेका छन् । उनले सिनेमा क्षेत्रमा तालिम लिएर मात्रै आउन’ पर्ने बताइन् । कार्यक्रमको पत्रकार सुरज सुबेदीले सहजिकरण गरेका थिए ।