पोखरामा नेपाल संवत्मा भिन्तुना ¥याली तस्बिर सञ्जय शाक्य
तस्बिरहरुः सञ्जय शाक्य
पोखरा, २७ कात्तिक/ मैलिक नेपाल संवत् ११४४ को अवसरमा पोखरामा ¥याली सहित विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेवा खलः कास्कीले मौलिक तथा राष्ट्रिय संवत्लाई विशेष रूपमा मनाउने गरी भिन्तुना ¥याली आयोजना गरेको सहित विविध कार्यक्रम गरेको हो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ्गले नेवारी समुदायले शरिरको पुजा गरेर मनाउने यो पर्व (नयाँ वर्ष) विशेष भएको उल्लेख गरिन् । उनले हाम्रा सवैखाले संस्कृतीको संरक्षण र प्रवद्र्धनले मात्र हाम्रो मौलिकता झल्कने धारणा राखिन् ।
कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले राष्ट्रका नाममा राखिएको र प्रचलित नेपाल संवत्लाई राज्यले अपहेलना गरेको धारणा राखे । उनले संसारका कुनै पनि मुलुकमा आफ्नो राष्ट्रका नाममा संवत् नभएको तर नेपालमा भएकोले यसलाई कामकाजी संवत्का रुपमा ल्याउन आवस्यक रहेको वताएका छन् ।
नेवारी समुदायका शंखध्वर शाख्वाको योगदानको कदर गर्दै नेपालमा नेपाल संवत्को सुरुवात भएको हो । उनलाई नेपाल सरकारले राष्ट्रिय विभुतीका रुपमा सम्मान सहित उल्लेख गरेको छ । आजैका दिन वेलुका म्हः शरिरको पूजा गर्ने प्रचलन रहेको छ । नेपाल संवत्कै अवसरमा बिहान पोखरास्थित नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल््यार्पण गरिएको थियो ।
त्यस कास्कीमा रहेका विभिन्न नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा कचाँ, नेवा मिसा पुचः नेवा पत्रकार पुच लगायत विभिन्न जातीय समुदायहरूको सहभागितामा पृथ्वीचोकबाट भिन्तुना ¥याली सहित नेव छेः कास्कीको हलमा आएर औपचारिक कार्यक्रम सम्पन्न भएको हो ।
पृथ्वीचोकबाट सुरु भएको उक्त ¥याली नयाँबजार, महेन्द्रपुल, पाखिलेचोक, तेर्सापट्टि हुँदै नेवा छेँ कै भवनमा पुगेर समापन भएको थियो । ¥यालीमा सहभागी हुने समूहहरूले जातीय सांस्कृतिक पोसाक सहितको उपस्थित थियो ।
उक्त ¥याली मा उत्कृष्ट हुने समूहहरू मध्ये प्रथम हुनेलाई २५ हजार, द्धितिय हुनेलाई ७ हजार र तृतीय तथा सान्त्वना हुने समूहलाई नगद रु ५/५ हजार पुरस्कारको समेत व्यवस्था गरिएको थियो ।