
फाइट
बागलुङ, ७ कात्तिक/ बागलुङमा दुई समूहबीचको झडपमा परी ६ युवा घाइते भएका छन् ।
जैमिनी नगरपालिका–२ पौखराचौरमा भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रममा वडा नम्बर २ र ९ का युवाबीच सोमबार बेलुका झगडा भएको थियो ।
झडपमा डबल राना, महेन्द्र थापा, दीपु राना, दीपु थापा, विष्णु थापा र सुनिल परियार घाइते भएको बागलुङ प्रहरीका सूचना अधिकारी डीएसपी मदन केसीले जानकारी दिए । विष्णु र सुनिल उपचारपछि डिस्चार्ज भएका छन् भने अन्य ४ घाइतेको पोखराको मणिपाल अस्पतालमा उपचार भएको छ ।
प्रहरी मंगलबार बिहान घटनामा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
वडा नम्बर २ का सुनिल परियार, कलबहादुर थापा र अनिल परियारलाई पक्राउ गरिएको डीएसपी केसीले जानकारी दिए ।