पोखरामा बाघलाई मारेर सकियो बाघजात्रा तस्बिरहरुः सञ्जय शाक्य
सागर राज तिमिल्सिना
तस्बिरहरुः सञ्जय शाक्य
पोखरा, २० भदौ / पोखरामा २३ वर्षपछि बाघजात्रा मनाइएको छ । ‘जात्राहरुको पनि जात्रा’ भनिने बाघजात्रा यसअघि २०५७ सालमा पछि यस वर्ष मनाइएको हो । पोखरामा सोमबारदेखि सुरु भएको जात्रा पोखराको मुख्यमुख्य ठाउँमा जात्रा देखाउँदै रंगशालामा देखाउदै सकिएको हो ।
बाघजात्रामा बाघलाई घेरामा हाल्ने प्रक्रिया नै यसको मुख्य आक्रर्षण हो । बाघले गुरिल्लामाथि आक्रमण प्रयास गर्दछ । शरीरभरि लहराको माला र लहरकै टोपी लगाएका १२ जना गुरिल्लाहरु हुन्छन् । उनीहरु बाघको आक्रमणबाट बँच्दै सकेसम्म बाघलाई सानो घेरामा पार्न खोज्छन् । अनेकखालका बाजाको धूनले बाघ लठ्ठ पार्ने प्रयास गरिन्छ । यसैगरी जात्रा अघि बढ्छ । सँगै राजारानी, प्रधानमन्त्री, प्रधानसेनापति मन्त्री, तिनका सुरक्षागार्ड, यमराज, सेना, प्रहरी, कुमारी, लाखे र सर्वसाधारण पनि सँगै हुने बाघजात्रा आयोजक समितिका सदस्य केदार प्रसाद मर्सानीले बताए ।
बाघजात्रा पोखरामा कहिलेदेखि सुरु भयो यकिन नभए पनि बाइसेचौबिसे राजाको पालादेखि सुरु भएको किंबदन्ती छ । विसं १९९० देखि व्यवस्थित रुपमा देखाउन थालिएको बाघजात्रा आयोजक समितिका संयोजक जवाहरलाल श्रेष्ठले बताए ।
पहिले बाघले खेतीकिसानी गरेर बसेका गाउँलेको बस्तुभाउमाथि आक्रमण गर्न थाल्यो । जंगलमा बस्तुभाउ चराउन गाउँले डराए ।
बाघ फेरि बस्ती छि¥यो र मान्छेमाथि पनि आक्रमण गर्न थालेपछि आतंकित गाउँले हिस्रक बाघ कसरी वध गर्ने भनी राजा जानकारी गराए । राजाले गाईजात्रा र अष्टमीको दिनभित्र आफू आउँछु भनी आश्वासन दिएर पठाए । हिंस्रक बाघ कसरी वध गर्ने उपाय गर्दै गुरिल्लाको सहयोगमा सानो घेरामा पारिन्छ । अन्तिममा राजाले गोली हानी वध गर्छन् । अष्टमीमा खुसीयालीसहित मरेको बाघ उचालेर सिंन्दूरजात्रा गरी मनाइने प्रचलन रहेको श्रेष्ठले बताए । आज पोखरा रंगशालामा राजा बनेका पत्रले बाघको वध गरेपछि सिंन्दूरजात्रा गर्दै सकिएको श्रेष्ठले बताए ।
बाघजात्रामा कास्कीका छिमेकी जिल्लाहरुबाट सांस्कृतिक टोली जात्रामा सहभागी छन् । पोखराबाट पहिलो पल्ट यो बाघजात्रा सुरुआत भएको अनुमान छ । यस्तै प्रकृतिको जात्रा बन्दीपुर, स्याङ्जा, नारागणगढ, पाल्पा लगायत जिल्लामा पनि एकदिन मनाउने गरे गरिन्छ । धेरे जना कलाकारहरुको सहभागीता र सामग्रीले गर्दा यो जात्रामा खर्च बढि हुने गरेको आयोजक बताउ छन् । त्यसैले यस्ता सांस्कृतिक पर्वहरुको संरक्षण र सम्बर्धन गर्नु आवश्यक देखिन्छ ।
पोखरामा बाघलाई मारेर सकियो बाघजात्रा तस्बिरहरुः सञ्जय शाक्य