पोखरामा उत्सवका रुपमा ट्होंटे पर्व (फोटो फिचर)

-


     क्लिक गण्डकी     
     श्रावण ३० गते २०८० मा प्रकाशित


पोखरामा उत्सवका रुपमा ट्होंटे पर्व तस्बिरः सञ्जय शाक्य

पोखरामा उत्सवका रुपमा ट्होंटे पर्व तस्बिरः सञ्जय शाक्य

पोखरा, ३० साउन/ पोखरामा गुरुङ समुदायले ट्होंटे पर्व मनाएका छन् । गुरुङ भेसभुसा र सांस्कृतीक सामग्री सहित ¥यालीका साथ ट्होंटे पर्व मनाएका हुन् ।

केटाकेटीदेखि बुढापाकसम्म गुरुङ भेसभुसा र सांस्कृतीक भेस सहित ¥यालीमा सहभागी भए । जातीय पोशाकमा सजिएर सडकमा बाजागाजासहितको साँस्कृतिक ¥याली प्रदर्शन गरे । पोखरा ११ फुलबारीबाट शुरुभएको ¥याली पोखरा रानीपौवा, महेन्द्रपुल, नयाँबजार हुँदै तमुधिंको कार्यालय पुगेको थियो ।

बालबालिकाले अनुहार रंगाएर भूतप्रेतको जस्तै बनाएर बाजाको तालमा नाँचे । त्यसै गरी मौलिक संस्कृति गीत संगित र नृत्य समेत ट्होंटको अवसरमा प्रस्तुत गरे ।

ट्होंटे पर्व वर्षमा २ पटक मनाउने गरिन्छ । भूतप्रेत भगाउने र रोगब्याधी हटाउने विश्वासका साथ मनाउने ट्होंट खेती लगाउनु पहिले चैत्र महिनाको अन्तिम मंगलबार र खेती लगाएर सकेपछि साउन महिनाको अन्तिम मंगलबार मनाउदै आएका छन् । ट्होंटेको अवसरमा कास्कीका विद्यालयहरुमा सार्वजनीक विदा दिएको थियो ।

तस्बिरहरुः सञ्जय शाक्य



Tags: